२०८३, ६ कार्तिक शुक्रबार

संघीय सरकार नर्स र एचए कहाँ पढाउने भनी अल्मलिए पनि बागमतीलाई छुट छैन : डा. देवकोटा

संघीय सरकार नर्स र एचए कहाँ पढाउने भनी अल्मलिए पनि बागमतीलाई छुट छैन : डा. देवकोटा


काठमाडौं । बागमती प्रदेशसभा सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा . दिनेशचन्द्र देवकोटाले संघीय सरकार स्टाफ नर्स र एच ए पढाउने भनेर अल्मलिरहँदा बागमती प्रदेशलाई अल्मलिन छुट नभएको बताएका छन् ।

बागमती प्रदेशसभामा स्वास्थ्य विधेयकमा सुझाव राख्ने क्रममा डा. देवकोटाले यस्तो बताएका हुन् । बागमती प्रदेशले प्रस्तुत गर्ने विधेयक पक्ष र विपक्षभन्दा पनि देशभन्दा माथि उठेर राय तथा दृष्टिकोण समेट्न उनले सुझाव दिए । नेपालले हरेक वर्ष शिक्षा आर्जन, औषधि र हुण्डीको नाममा पैसा बाहिर पठाइरहेको बताउँदै उनले विधेयकले बागमती प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भनी प्रश्नसमेत गरे ।

स्वास्थ्यको अधिकार मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको बताउँदै उनले भने, ‘स्वास्थ्य शिक्षा आज धारासायी छ । प्रदेश सरकारले आँट गरे प्रदेश सरकारसँग स्वास्थ्यसम्बन्धी युनिभर्सिटी बनाउने प्रावधान छ ।’

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ४ : २२ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट