२०८३, २२ आश्विन शुक्रबार

सरकारले नै आतङ्कलाई प्रोत्साहन गरेको एमाले अध्यक्ष ओलीको आरोप

सरकारले नै आतङ्कलाई प्रोत्साहन गरेको एमाले अध्यक्ष ओलीको आरोप


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।
तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मानिसको नामै लिएर सार्वजनिक रुपमै ज्यान मार्ने धम्की दिदाँ समेत सरकारले केही गर्न नसकेको आरोप लगाए । उनले भने, ‘आतङककारीहरुलाई सरकार आफँैले प्रोत्साहित गरिरहेको छ । बढाईरहेको छ । स-परिवार मार्छु भनेर धम्की दिन्छ । त्यस्तालाई नियन्त्रणमा लिदैन् । अस्ती खुकुरी हान्छु भन्ने मान्छेले ४ दिन अगाडी नै खुकुरी हान्छु भनेर माईतीघरमा खुट्ट उचालेको थियो । मानिसको नाम लिएको थियो सरकार कानमा तेल हालेर बसेको थियो ।’ अध्यक्ष ओलीले मानव जातिबाट नै बिभिन्न जघन्य अपराध, कूकर्म हुने गरेको स्मरण गर्दै पछिल्लो समय झनै मानिसहरु स्वार्थी हुदैँ गएको बताए ।

उनले भने ,‘आजको जमानामा जहाँ मानव जातिले यति ठूलो विकास गरेको छ र मानव जाति आफुँलाई यति सभ्य ठान्छ तर अरु प्राणी या जीवबाट यस्ता जघन्य अपराध,कूकर्म हुदैन् । मानव जातिबाटै हुन्छ । सचेत छ तर सदुपयोग मात्र नभएर दुरुपयोग पनि गरिरहेको छ । चेतना छ सचेत छैन् ।

स्वार्थी छ अमानवीय छ यसरी समाजलाई विगारेको छ ।’
उनले तेजाव आक्रमण विरुद्धको आवाज संसदमा झनै प्रभावकारी ढंगले उठाउने बताए ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ४ : १२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य