२०८२, १० माघ शनिबार

सरकारले नै आतङ्कलाई प्रोत्साहन गरेको एमाले अध्यक्ष ओलीको आरोप

सरकारले नै आतङ्कलाई प्रोत्साहन गरेको एमाले अध्यक्ष ओलीको आरोप


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।
तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मानिसको नामै लिएर सार्वजनिक रुपमै ज्यान मार्ने धम्की दिदाँ समेत सरकारले केही गर्न नसकेको आरोप लगाए । उनले भने, ‘आतङककारीहरुलाई सरकार आफँैले प्रोत्साहित गरिरहेको छ । बढाईरहेको छ । स-परिवार मार्छु भनेर धम्की दिन्छ । त्यस्तालाई नियन्त्रणमा लिदैन् । अस्ती खुकुरी हान्छु भन्ने मान्छेले ४ दिन अगाडी नै खुकुरी हान्छु भनेर माईतीघरमा खुट्ट उचालेको थियो । मानिसको नाम लिएको थियो सरकार कानमा तेल हालेर बसेको थियो ।’ अध्यक्ष ओलीले मानव जातिबाट नै बिभिन्न जघन्य अपराध, कूकर्म हुने गरेको स्मरण गर्दै पछिल्लो समय झनै मानिसहरु स्वार्थी हुदैँ गएको बताए ।

उनले भने ,‘आजको जमानामा जहाँ मानव जातिले यति ठूलो विकास गरेको छ र मानव जाति आफुँलाई यति सभ्य ठान्छ तर अरु प्राणी या जीवबाट यस्ता जघन्य अपराध,कूकर्म हुदैन् । मानव जातिबाटै हुन्छ । सचेत छ तर सदुपयोग मात्र नभएर दुरुपयोग पनि गरिरहेको छ । चेतना छ सचेत छैन् ।

स्वार्थी छ अमानवीय छ यसरी समाजलाई विगारेको छ ।’
उनले तेजाव आक्रमण विरुद्धको आवाज संसदमा झनै प्रभावकारी ढंगले उठाउने बताए ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ४ : १२ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई