२०८३, १५ श्रावण शनिबार

खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण

खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण




काठमाडौं । खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ ।

रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको हो ।

गाभा सरेर पोटाउने अवस्थामा धान बालीमा गभारो नामको किरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखा परेको कृषि ज्ञानकेन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताउनुभयो ।

जिल्लाका १० पालिकामध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ुखोटाङमा धानबालीमा धेरथोर तीन किसिमको रोग र एउटा किराको सङ्क्रमण फैलिएको पाइएको छ, बाली संरक्षण अधिकृत यादवले भन्नुभयो, रोग तथा किराको सङ्क्रमण सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा देखा परेको छ ।ु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण देखा परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गभारो, ब्लाष्ट, खैरो थोप्ले रोग र ब्याक्टेरियल लिफ ब्लाइटको सङ्क्रमण देखिएको प्राविधिक सहायक मिनबहादुर बुढाथोकीले बताउनुभयो । धान बालीमा लागेको रोग तथा किरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई कारटाप हाइड्रोक्लोराइड, कार्बेनडाजिम र एक्जाकोनाजोल नाम विषादि वितरण शुरु गरेको छ ।

सङ्क्रमण भएको कसरी चिन्ने ?

धानको कलिलो अवस्थामा गभारोको आक्रमण भएमा मृत गावा देखिन्छ । फूल फूल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिने कृषि प्राविधिक बताउँछन् ।

धानमा ब्लाष्ट नामक रोग लागेपछि पातमा स–साना सेतो टीका बीचमा भएका लाम्चिला
खैरो थोप्ला देखापर्छ । बालादेखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिन्छ । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिन्छ ।

यस्तै, खैरो थोप्ने रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरु देखिन्छ । ब्याक्टेरियल लिफ ब्लाइट लागे पातको किनाराबाट लामो पहेँला वा खैरा रङका धर्साहरु देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्छन् ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  १ : १६ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने