२०८२, २८ भाद्र शनिबार

सरकारले बोलायो श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं

सरकारले बोलायो श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरुलाई काठमाडौं बोलाएका छन् ।
श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले बैठक आयोजना गर्दै प्रधानमन्त्री प्रचण्डले राजदूत र नियोगका प्रतिनिधिहरुलाई काठमाडौं बोलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा बस्ने बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहने छ ।
श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भुमिकाका बारे,वैदेशिक श्रम स्वीकृति देखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या ,त्यसको समाधानको उपाय निकाल्ने ,निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ ।
आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ९ : ५५ बजे

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान

पर्यटकीय हब ठमेल : चाडपर्वको सिजनमै आन्दोलनको छायाँ

काठमाडौं । सँधै चाडपर्वको मुखमा पर्यटक र स्थानीयले भरिभराउ हुने