२०८२, १० बैशाख बुधबार

काठमाडौं तराई मधेश दु्रतमार्गको २६ प्रतिशत काम सम्पन्न : नेपाली सेना

काठमाडौं तराई मधेश दु्रतमार्गको २६ प्रतिशत काम सम्पन्न : नेपाली सेना



काठमाडौं । नेपाली सेनाले, काठमाडौं तराई मधेश दु्रतमार्ग निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ ।
आज जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले आर्थिक वर्ष २०८० —८१को श्रावण मसान्त सम्म द्रुत मार्ग निर्माणको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जानकारी दिएको हो । आयोजनाको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको जनाएको सेनाले खोकना ईलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धि निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया शुरु गर्ने गरी तयारी हालतमा रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमल विक्रम शाहले जानकारी दिए ।
त्यस्तै हालसम्म निर्माणाधिन तीन वटा सुरुङ्गमार्गहरुको जम्मा लम्बाई ६.४१५ किलोमिटर मध्ये २.६६७ किलोमिटर अर्थात ४१.५७ प्रतिशत सुरुङ निर्माण कार्य सम्पन्न भएको सेनाले जनाएको छ ।
त्यस्तै ८ महादेवटार सुरुङ्गमार्गको जम्मा लम्बाई ३.३५५ किलोमिटर मध्ये हालसम्म १.३८७ किलोमिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।
त्यस्तै आयोजनाको समष्टिगत कार्य योजना अन्र्तगतका ११ वटा कलस्टर मध्ये १३ वटा निर्माण प्याकेजका ७ वटा सम्पन्न भएको सेनाले जनाएको छ ।
त्यस्तै, आयोजनाको समष्टिगत वितीय प्रगति मोबिलाइजेशन सहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ । आयोजनाअन्तर्गत तीनवटा सुरुङहरुको जम्मा लम्बाइ ६ दशमलव ४१५ मिलोमिटरमध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ ।
त्यस्तै खोकना क्षेत्रमा द्रुत मार्गको सुरु विन्दु निर्धारण गरी सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात खरिद प्रक्रिया सुरु गर्ने तयारी अवस्थामा रहेको आयोजना प्रमुख ्शाहले जानकारी दिए ।
त्यस्तै सेनाले सैनिक कल्याणकारी कोषमा २०८० असार मसान्तसम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ जम्मा भएको जनाएको छ । कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो । त्यस्तै कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको जनाएको छ । त्यसमध्ये ६ अर्ब ५५ करोड ४० लाख रुपैयाँ कोषले विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

नेपाली सेनाको जंगीअड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका सहायक रथी किरण केसीले २०७९ असार मसान्तसम्म कोषको नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ लाख रहेकोमा यस वर्ष ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको बताए ।
सेनाको माज्दातमध्ये विघटनमा गएको युनाइटेड विकास बैंकको सम्पत्ति बाँकी नरहेकाले कोषले प्राप्त गर्नुपर्ने मध्ये एक करोड ५७ लाख रुपैयाँ असुली उच्च जोखिममा रहेको पनि सेनाले जनाएको छ । १० वर्षअघि सेनाको कोषमा २३ अर्ब रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ९ : ४८ बजे

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

सुर्खेत । शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र