२०८३, २० आश्विन बुधबार

गोलन्जोरमा कृषि तथा पशुसेवा भवनको शिलान्यास

गोलन्जोरमा कृषि तथा पशुसेवा भवनको शिलान्यास


ग्वालटार÷गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालले आज बैद्धिक परम्पारा अनुसार कृषि तथा पशुसेवा कार्यालयको शिलान्यास गर्नुभएको छ । आइतवार बिहान अध्यक्ष बरालले ठेकेदार कम्पनीका प्रतिनिधी भरत कार्कीले पुजा गरिसकेपछि पालिका अध्यक्ष बरालले शुभ साइतमै शिलान्यास गर्नुभएको हो ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालयको २ करोड ३५ लाख २६ हजार ३ सय ९७ रुपैयाँको लगानीमा भवन निर्माण थालिएको अध्यक्ष शंकर बरालले जानकारी दिनुभयो । उहाँले एक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम थालिएको बताउँदै गाउँपालिकाले सबै कामहरु आफ्नै भवनबाट सञ्चालन गर्ने योजना बनाएको उल्लेख गर्नुभयो ।

केही समयपछि गाउँपालिकाको प्रशासनिक भवनको पनि शिलान्यास हुने बताउँदै उहाँले आफ्नो कार्यकालमा यहाँका नागरिकले विकासको भनुभूति गर्ने बताउनुभयो ।गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले विकास निर्माणका कोही कसैसँग कुनै पनि संझौता गर्न नसकिने बताउँदै निर्धारित समयमैं काम सम्पन्न गराउन आफु लागि पर्ने उल्लेख गर्नुभयो ।
शिलान्यास कार्यक्रममा वडाध्यक्ष केपी पोखरेल र स्थानीय वासिन्दाको सहाभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  ६ : ५४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको