२०८२, ३ माघ शनिबार

जी–२० को १८ औँ शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक नोभेम्बरमा गर्ने प्रस्ताव

जी–२० को १८ औँ शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक नोभेम्बरमा गर्ने प्रस्ताव



काठमाडौं । भारतको नयाँ दिल्लीमा हिजो शनिवारदेखि शुरु भएको जी–२० को दुई दिने शिखर सम्मेलन सकिएको छ ।

आयोजक देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १८ औँ शिखर सम्मेलन सकिएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले नयाँ दिल्ली सम्मेलनको समीक्षा गर्न आउँदो नोभेम्बरको अन्त्यतिर भर्चुअल समीक्षा बैठक गर्ने प्रस्ताव गर्नुभएको छ । भारत आउँदो नोभेम्बरसम्म जी–२० समूहको अध्यक्ष रहनेछ ।

गएको वर्ष डिसेम्बर १ मा इन्डोनेसियाको बालीमा भएको १७ औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो । दिल्ली शिखर सम्मेलन सकिएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी २० को अध्यक्षता हस्तान्तरण गर्नुभएको बीबीसीले जनाएको छ । चक्रीय प्रणालीअनुसार आउँदो डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ । जी २० को १९ औँ शिखर सम्मेलन पनि ब्राजिलमै हुनेछ ।

दिल्ली सम्मेलनले जी–२० शिखर सम्मेलनले घोषणापत्र जारी गरेको छ । रुस–युक्रेन युद्धको विषयले घोषणापत्रमा सहमति जुटाउन सजिलो नहुने अनुमानका बीच सम्मेलनको पहिलो दिन नै विना विवाद सहमति जुटेको बीबीसीले जनाएको छ । घोषणापत्र बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिको गति, दिगो भविष्यका लागि हरित विकास सम्झौता, २१ औँ शताब्दीका लागि बहुपक्षीय संस्थाहरू र बहुपक्षवादलाई पुनर्जीवित गर्नेमा केन्द्रित छ ।

तर जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले निराशा व्यक्त गरेको छ । युक्रेनले वक्तव्यमा नाम किटाएर रुसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । रुसले भने नयाँ दिल्ली शिखर सम्मेलन सफल भएको बताएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले जी २० को इतिहासमा पहिलो पटक औद्योगिक एवम् आर्थिक विकासको बाटोमा बिस्तारै अग्रसर भइरहेका देशलाई वास्तवमै एकताबद्ध गर्न समूहको नयाँ दिल्ली शिखर सम्मेलन सफल भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  ६ : १३ बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका