२०८३, ७ कार्तिक शनिबार

दशैं नजिकिंदै गर्दा जिराको भाउ दोब्बरभन्दा बढीले महंगियो

दशैं नजिकिंदै गर्दा जिराको भाउ दोब्बरभन्दा बढीले महंगियो


काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिंदै गर्दा जिराको मूल्य ह्वात्तै बढेको छ ।

अन्य समयमा पनि मसलाका रुपमा प्रयोग भए पनि चाडवाडमा अत्याधिक प्रयोग हुने जिराको मूल्य दोब्बर भन्दा बढीले महंगिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यसवर्ष सोही अवधिमा जिराको मूल्य १२७ प्रतिशतले महंगो भएको छ ।

हाल नेपाली बजारमा जिराको मूल्य प्रतिकिलो १२ सय ५० रुपैयाँ पुगेको छ । जब कि गत आर्थिक वर्षको माघसम्ममा जिराको मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँ रहेको थियो ।

पछिल्लो ७ महिनामा मात्रै जिराको मूल्य ३ पटक वृद्धि भएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार २०७९ माघमा ५ सय ५० रुपैयाँ रहेको जिराको मूल्य २०७९ चैतमा प्रतिकिलो ७ सय ५० रुपैयाँ पुगेको थियो । त्यसपछि २०८० बैशाखमा प्रतिकिलो ८ सय ५० रुपैयाँ पुगेको जिराको मूल्य अहिले भने १२ सय देखि १२ सय ५० रुपैयाँसम्म पुगेको छ ।

नेपालमा अधिकांश जिरा भारतबाट आयात हुने गरेको भए पनि पछिल्लो समय भारतमा जिराको उत्पादनमा कमी आएपछि नेपालमा जिरोको मूल्य वृद्धि भएको व्यापारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  १ : ५० बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने