२०८३, १५ आश्विन शुक्रबार

दशैं नजिकिंदै गर्दा जिराको भाउ दोब्बरभन्दा बढीले महंगियो

दशैं नजिकिंदै गर्दा जिराको भाउ दोब्बरभन्दा बढीले महंगियो


काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिंदै गर्दा जिराको मूल्य ह्वात्तै बढेको छ ।

अन्य समयमा पनि मसलाका रुपमा प्रयोग भए पनि चाडवाडमा अत्याधिक प्रयोग हुने जिराको मूल्य दोब्बर भन्दा बढीले महंगिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यसवर्ष सोही अवधिमा जिराको मूल्य १२७ प्रतिशतले महंगो भएको छ ।

हाल नेपाली बजारमा जिराको मूल्य प्रतिकिलो १२ सय ५० रुपैयाँ पुगेको छ । जब कि गत आर्थिक वर्षको माघसम्ममा जिराको मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँ रहेको थियो ।

पछिल्लो ७ महिनामा मात्रै जिराको मूल्य ३ पटक वृद्धि भएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार २०७९ माघमा ५ सय ५० रुपैयाँ रहेको जिराको मूल्य २०७९ चैतमा प्रतिकिलो ७ सय ५० रुपैयाँ पुगेको थियो । त्यसपछि २०८० बैशाखमा प्रतिकिलो ८ सय ५० रुपैयाँ पुगेको जिराको मूल्य अहिले भने १२ सय देखि १२ सय ५० रुपैयाँसम्म पुगेको छ ।

नेपालमा अधिकांश जिरा भारतबाट आयात हुने गरेको भए पनि पछिल्लो समय भारतमा जिराको उत्पादनमा कमी आएपछि नेपालमा जिरोको मूल्य वृद्धि भएको व्यापारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  १ : ५० बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका