२०८२, २० कार्तिक बुधबार

अलैँचीको भाउ बढ्यो, किसान र व्यवसायी उत्साहित

अलैँचीको भाउ बढ्यो, किसान र व्यवसायी उत्साहित


काठमाण्डौं । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ।

अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो । बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन्।

हिजोआज नयाँ अलैँची प्रतिमन ९४० किलोग्राम० ५६ हजारसम्ममा कारोबार भइरहेको छ। भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन्।

अलैँची व्यवसायी सङ्घका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने देखिन्छ।

नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भरमा निर्भर हुने हुँदा मूल्य भने अनिश्चित रहने अलैँची व्यवसायी सङ्घका अध्यक्ष भद्रवीर रेग्मीको भनाइ छ।

यस वर्ष अलैँची उत्पादनमा भने गिरावट आउने बताइएको छ। विगतको तुलनामा यो वर्ष झण्डै आधाले उत्पादन घट्ने किसान बताउँछन्।

फूल फुल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा रोगले अलैँची नष्ट हुँदा उत्पादनमा ह्रास आउने किसान बताउँछन्।

त्यस्तै गत असार–साउनमा गएको बाढीपहिराले समेत केही क्षेत्रमा अलैँचीखेती बगाएका कारण उत्पादनमा कमी आउने देखिन्छ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  १२ : १२ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई