२०८२, १ चैत्र सोमबार

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड




काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज भदौ २४ गते, आइतबार बाँडफाँड गरिएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओको बाँडफबाँड आज बिहान गरिएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म कुल १० लाख १६ हजार ७ सय १४ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । जसमध्ये, ८ लाख ७२ हजार ८ सय ३७ जना लगानीकर्ताहरूको आवेदन मात्रै योग्य रहेको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा १ लाख २० हजार ५ सय ३२ जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् । । बाँकीको भने हात खाली भएको छ ।

माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो ।

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट
कम्पनीको आईपीओको नतिजा केही समयपछि प्रकाशन गरिनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएको वेबसाइट www.iporesult.cdsc.com.np निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट र मेरो सेयरबाट हेर्न सकिन्छ ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  ११ : ३४ बजे

ग्लोबल आईएमई बैंकद्वारा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल मनी विक २०२६ को

प्रदेश र जिल्ला अध्यक्षहरूसँग एमालेको भर्चुअल बैठक

काठमाडौं। नेकपा एमाले का प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल जुम

ड्रोन आक्रमणपछि आगो फैलिँदा दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल

पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नेपाल सरकार को मन्त्रिपरिषद् बैठक सुरु भएको छ।