२०८३, २३ आश्विन शनिबार

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड




काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज भदौ २४ गते, आइतबार बाँडफाँड गरिएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओको बाँडफबाँड आज बिहान गरिएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म कुल १० लाख १६ हजार ७ सय १४ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । जसमध्ये, ८ लाख ७२ हजार ८ सय ३७ जना लगानीकर्ताहरूको आवेदन मात्रै योग्य रहेको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा १ लाख २० हजार ५ सय ३२ जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् । । बाँकीको भने हात खाली भएको छ ।

माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो ।

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट
कम्पनीको आईपीओको नतिजा केही समयपछि प्रकाशन गरिनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएको वेबसाइट www.iporesult.cdsc.com.np निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट र मेरो सेयरबाट हेर्न सकिन्छ ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  ११ : ३४ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि