२०८३, ११ बैशाख शनिबार

डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगाले लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु

डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगाले लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु


काठमाडौं । डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ ।

केआईसिंह राजमार्ग अन्तरगत गन्यापधुरा गाउँपालिका २ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका ४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले हिजो डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुंगा लागेको थियो ।

गम्भीर घाइते ऐरलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक नायकले बताए ।

ऐरको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । रडुवामा हिजो आएको पहिरोका कारण केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  १० : १५ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले