२०८२, १९ मंसिर शुक्रबार

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो




काठमाण्डाै । मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा २ सय ९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

भूकम्पबाट कम्तीमा एक सय ५३ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारका काम भैरहेका छन् । भूकम्पको केन्द्रबिन्दु ‘हाइ एट्लस माउन्टेन्स’ रहेको र यो माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ ।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो । ज्यान गुमाउनेमा माराकेस र त्यहाँबाट दक्षिणका क्षेत्रमा रहेका मानिस रहेका बीबीसीले जनाएको छ ।

माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएका छन् ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  १२ : ०० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको