२०८२, ९ श्रावण शुक्रबार

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने




काठमाण्डाै ।  स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ ।

चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ ।

त्यही निर्णयलाई कार्यान्वयन गर्न हिजो बिहीवार घरपझोङ गाउँपालिकाले बजारमा बिक्रीका लागि राखिएको २५ किलो स्याउ जफत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाले बजार अनुगमन गर्दा जोमसोममा रहेको कोसेली हाउसमा बिक्रीका लागि राखेको त्यो स्याउ जफत गरेको अधिकृत आचार्यले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले जोमसोम क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा दुई किलोको तौलमा प्लास्टिकमा प्याक गरिएका १० प्याकेट र एक किलोका पाँच प्याकेट स्याउ नियन्त्रणमा लिइएको हो । स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान यथावत् राख्ने उद्देश्यले असोज १ गतेपछि मात्र स्याउ टिप्न मुस्ताङका पाँच वटै पालिकाका अध्यक्षहरूले प्रतिबद्धता जनाएका उहाँले बताउनुभयो ।

स्याउको राजधानीका रूपमा परिचित मुस्ताङमा पछिल्ला दिनमा स्याउ खेती फस्टाउँदै गएको र यहाँ इटालियन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङमा रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउको खेती हुँदै आएको छ । त्यस्तै नयाँ जातका अर्थात् उच्च घनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका बिरुवा लगाइएको छ । मुस्ताङमा उच्च घनत्वका स्याउका एक लाख ६७ हजार बिरुवा लगाइएको जनाइएको छ ।

मुस्ताङको एक हजार दुई सय बढी हेक्टर जमिनमा स्याउ खेती गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका पद्यमनाथ आत्रेयले जानकारी दिनुभयो । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गका हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ ।

विसं २०२३ मा म्याग्दीमा जन्मेर मुस्ताङमा हुर्केका बुद्धिरत्न शेरचनले मुस्ताङमा स्याउ पुर्‍याएको इतिहास छ । मुस्ताङबाट शुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ । मुस्ताङको मार्फा गाउँ स्याउ खेतीका लागि प्रसिद्ध गाउँ हो ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार  ७ : १७ बजे

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुडीद्वारा एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी)

बाजुराको हिमालीमा जीप दुर्घटना, तीनको मृत्यु, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ मा बिहीबार बिहान भएको जीप

यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गर्‍यौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा नेपालको

सरकार दमनकारी शैलीमा चलिरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा

राष्ट्रपति पौडेलसंग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलद्धारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि