२०८३, १८ श्रावण मंगलबार

दिगो विकास लक्ष्य पुरा २०३० गर्न एकजुट हुने स्थानीय निकायको प्रतिवद्धता

दिगो विकास लक्ष्य पुरा २०३० गर्न एकजुट हुने स्थानीय निकायको प्रतिवद्धता


विराटनगर । स्थानीय निकायसंग सम्बन्धित सरोकारवालाले, आपसी सहकार्यबाट दिगो विकास लक्ष्य २०३० पूरा गर्न आवश्यक पहलका लागि एकतावद्ध हुने प्रतिवद्धता जनाएका छन् ।
आज विराटनगरमा सम्पत्र सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारण सभा एवं अधिवेशन–२०८०ले पालिकाहरुको प्रविधियुक्त्त, सुरक्षित तथा प्रभवाकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्य उपलब्धीमूलक रहने सरोकारवालाको भनाई छ ।

अधिवेशनले, स्थानीय विपद् जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको स्थापनाका लागि हेटौडा उपमहानगरपालिकाले जग्गा प्रदान गर्ने तथा सम्पूर्ण सदस्यहरुको सहकार्यमा कार्य सम्पत्र गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।
सो समितिमा विराटनगर महानगरपालिका अध्यक्ष, बुटबल उपमहानगरपालिका उपाध्यक्ष, तानसेन नगरपालिका महासचिव, भीमदत नगरपालिका कोषाध्यक्ष तथा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगञ्ज महानगरपालिका, वीरेन्द्रनगर नगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका , इन्सेक नेपाल, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि समाज नेपाल र हेटौडा उपमहानगरपालिका सदस्य छन् ।

विश्वमा बढ्दो सहरीकरण एवं जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्य नगर गरी एशिया तथा प्रशान्त क्षेत्रका सहरी विकास सम्बन्धी संस्थाहरुको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तरष्ट्रिय संस्थाको स्थापना भएको हो ।
सिटिनेटको पूर्व अध्यक्ष मीनाकुमारी लामाले हालसम्म यो सञ्जालले १३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनीहरु र अनुसन्धान केन्द्रहरु समेटेको बताइन् ।
त्यस्तै स्थानीय तहबीचको परम्पर सहयोग, सहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदानप्रदान तथा सिकाईको आधारमा आपसी सम्बन्धमा अभिवृद्धि गर्न थप अग्रसरता, दिगो विकास गर्ने हेतुले २०५८ साल साउन २७ गते सिटिनेट अन्तर्राष्ट्रिष्य संस्थाको नेपाल च्यापटरको रुपमा सिटिनेट नेपाल राष्ट्रिय च्याप्टर स्थापना भएको लामाले बताइन् ।
सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अधिवेशनले एकआपसमा सम्बन्ध सुमधुर हुनुका साथै विकास र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न प्रेरणा मिल्ने बताए ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  २ : ३२ बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह