२०८२, २४ कार्तिक सोमबार

प्रधानमन्त्री र गृहमन्त्रीलाई गगन थापाको प्रश्न : अब काठमाडौंमा एक्लै हिंड्न नमिल्ने हो ?

प्रधानमन्त्री र गृहमन्त्रीलाई गगन थापाको प्रश्न : अब काठमाडौंमा एक्लै हिंड्न नमिल्ने हो ?


काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो भनेर सरकारलाई प्रश्न गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाबारे सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । उनले दिनदहाडै काठमाडौंमै कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार हुनु सामान्य घटना नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
बुधबार दिउँसो कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोटर्स क्लबबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो । ‘सन्काहाले सन्काहमा हान्यो भनिँदैछ, घटना थामथुम पारिँदैछ । कांग्रेसका तर्फबाट सरकारको सचेत र ध्यानाकर्षण गराउन चाहन्छु । यो घटना किन र कसरी भयो, राम्रोसँग अनुसन्धान होस्,’ थापाले भने ।
संविधानसभा सदस्य सदस्य सार्वजनिक कार्यक्रमबाट सहभागी भएर फर्किदै गर्दा ऊ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यसले बोल्नु पर्छ कि पर्दैन भनेर उनले प्रश्न गरे । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु एक्लै हिँड्न नमिल्ने हो रु कोही जलाउँछु भन्छ, कोही दिउँसै खुकुरी हान्छु भन्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  २ : १५ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य