२०८२, ३० पुस बुधबार

‘टेक ओभर’ भएको ४ महिनासम्म पनि किन निर्धारण हुन् सकेन ‘स्मार्ट टेलिकम’ को मूल्य ?

‘टेक ओभर’ भएको ४ महिनासम्म पनि किन निर्धारण हुन् सकेन ‘स्मार्ट टेलिकम’ को मूल्य ?


काठमाडौं । लाइसेन्स खारेज भएर सरकारको स्वामित्वमा आएको चार महिनासम्म पनि स्मार्ट टेलिकमको मूल्य निर्धारण हुन सकेको छैन।

नवीकरण शुल्क लगायतका बक्यौता नबुझाएपछि गत वैशाख ४ गते स्मार्ट टेलिकमका लाइसेन्स खारेज भएको थियो । त्यसपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १९ गते स्मार्ट टेलिकमको स्वामित्व टेक ओभर गरेको थियो । तर, स्वामित्व टेक ओभर गरेको ४ महिना भइसक्दा पनि त्यसको मूल्य निर्धारण हुन नसकेको हो ।

कम्पनीको मूल्य निर्धारण गर्न पहिला कमिटी गठन गर्नुपर्छ । कमिटी गठन गरेको ३ महिना भित्र नै कम्पनीको नगद मौज्दात वा आम्दानीबाट बक्यौता असुल गर्न सक्नेछ । त्यसबाट बक्यौता नउठेमा कम्पनी लिलामीमा समेत बिक्री गरेर असुल गर्न सकिन्छ । तर, ४ महिना बितिसक्दा पनि कम्पनीको मूल्य निर्धारण गर्न कमिटी गठन गर्न सकिएको छैन ।

कमिटी गठन गर्न यसअघि ३ पटक सूचना जारी भइसको छ । तर, त्यसमा आवेदन दिएका कसैको पनि योग्यता पुगेन । यसअघि प्राधिकरणले वैशाख २२ गते, जेठ ५ गते र असार ८ गते मूल्य निर्धारण कमिटीका लागि आशय पत्र आह्वान गरेको थियो । तर, त्यसमा आवेदन दिएकाहरूको योग्यता नपुगेपछि गत भदौ ६ गते चौथो पटकसम्म सूचना जारी गरिएको छ । त्यसमा आवेदन दिने म्याद बिहीबारसम्म रहेको छ ।

संयोजक सहित ५ सदस्यीय कमिटीका लागि विभिन्न योग्यता तोकेर आशय पत्र आह्वान गरिएको छ । कमिटीको संयोजक बन्न कानुन बमोजिम सूचीकृत मूल्याङ्कनकर्ता वा चार्टर्ड एकाउन्टेन्ट शैक्षिक उपाधि वा व्यवस्थापनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यसैगरि ४ सदस्यका लागि छुट्टा छुट्टै योग्यता तोकिएको छ । चार्टर्ड एकाउन्टेन्सी, सूचीकृत भ्यालुएटर र स्नातक तह उपाधि गरेको सुचना प्रविधि वा दुरसञ्चारमा स्नातक गरेको, कानुन वा व्यवस्थापनमा स्नातक गरेको व्यक्ति यसको सदस्य बन्न सक्नेछन् । तर, त्यो योग्यता पुगेका व्यक्तिबाट आवेदन नआएको प्राधिकरणको भनाइ छ ।

प्रक्रियागत रुपमा प्राधिकरणले मूल्य निर्धारण कमिटी मार्फत स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्नुपर्छ । त्यसकै आधारमा स्मार्ट टेलिकम बिक्रीमा राख्नेछ । त्यसरी बिक्री भएर आउने पैसाले नै प्राधिकरणले आफ्नो बक्यौता असुल गर्नुपर्ने हुन्छ ।

सरकारले कम्पनीबाट नवीकरण बापत २३ अर्ब रुपैयाँ र फ्रिक्वेन्सी लगायतका शीर्षकमा छुट्टै ५ अर्ब रुपैयाँ बक्यौता छ । टेक ओभर भएपछि प्राधिकरणले कम्पनीको सम्पत्ति, आम्दानीबाट बक्यौता असुल गर्न सक्छ । तर, त्यसबाट मात्रै बक्यौता असुल हुने अवस्था छैन । त्यसको लागि कम्पनीलाई बिक्री नै गर्नुपर्छ । प्राधिकरणले प्राप्त विवरणको आधारमा कम्पनी सञ्चालन गर्ने कि बन्द गर्ने भनेर अर्को निर्णय गर्न सक्नेछ । तर, कम्पनी बन्द गर्दा सरकारको बक्यौता नउठ्ने सम्भावना पनि छ । त्यसैले प्राधिकरणले कम्पनी बिक्री गरेर नै आफ्नो बक्यौता उठाउनुपर्ने बाध्यता छ ।

बक्यौता नबुझाएपछि प्राधिकरणले पहिलादेखि नै कम्पनीको लाइसेन्स खारेज गर्न खोजको थियो । लाइसेन्स रद्द भए पनि पहिला सरकारलाई टेलिकम कम्पनीको आफ्नो स्वामित्व लिन पर्याप्त कानुनी आधार थिएन । त्यसपछि सरकारले यस सम्बन्धमा नियमावली ल्याएको थियो । गत मङ्सिरमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ जारी गरेको थियो । विनियमावलीमा कुनै पनि टेलिकमको अनुमति पत्र स्वतः रद्द वा खारेज भएमा त्यसका सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना, प्रणाली तथा सञ्जाल प्राधिकरणले नियन्त्रणमा लिन पाउने व्यवस्था छ । सोहीअनुसार प्राधिकरणले स्मार्ट टेलिकमको स्वामित्व आफ्नो मातहतमा ल्याएको थियो । अब सोहीअनुसार नै प्राधिकरणले कम्पनी बिक्री गरेर बक्यौता असुल गर्न सक्नेछ । स्मार्टले आफ्नो लाइसेन्स खारेज नगर्ने माग सहित उच्च अदालत पाटनमा रिट पनि हालेको थियो । तर, त्यसमा अदालतले अन्तरिम आदेश दिएन । त्यसपछि प्राधिकरणको लाइसेन्स खारेज गर्ने निर्णयले पूर्णता पाएको थियो ।

नवीकरण शुल्क लगायतका बक्यौता नतिरेपछि प्राधिकरणले २०७६ साउनमै स्मार्ट टेलिकमको पहिलो पटक लाइसेन्स खारेज गरेको थियो । यद्यपि, चित्त नबुझेमा त्यसमा ३५ दिन भित्र कम्पनीले सञ्चार मन्त्रालयमा पुनरावेदन दिन सक्ने सुविधा दिइएको थियो । सोहीअनुसार परेको पुनरावेदनमा सरकाले २०७६ पुस २१ गते स्मार्टलाई ५ किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । त्यस अवधिमा नतिरे लाइसेन्स खारेज हुने निर्णय पनि गरिएको थियो । त्यसपछि पनि कम्पनीले बक्यौता तिर्न सकेको थिएन ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ७ : १६ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता