२०८२, १० फाल्गुन आईतबार

अब प्रसुतिगृह थापाथलीमा अब पाठेघरको क्यान्सरविरुद्ध खोप सेवा सुरु हुन्छ :महानिर्देशक डा. मिश्र

अब प्रसुतिगृह थापाथलीमा अब पाठेघरको क्यान्सरविरुद्ध खोप सेवा सुरु हुन्छ :महानिर्देशक डा. मिश्र


काठमाडौं । परोपकार मातृ तथा स्त्री अस्पतालका, महानिर्देशक डा. संगीता मिश्रले, महिलाको पाठेघरमा क्यान्सर गराउन सक्ने भाइरसविरुद्धको खोप सेवा सुरु गर्न लागिएको जानकारी दिएकी छिन् ।
परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको ६४ औं वार्षिकोत्सव कार्यक्रममा उनले, अस्पतालले, यही भदौ २७ गतेबाट महिलाको पाठेघरमा क्यान्सर गराउने ह्युमेन पापिलोमा एचपीभी भाइरसविरुद्धको खोप अभियान संचालन गर्न लागिएको जानकारी दिएकी हुन् ।
‘यसै अस्पतालबाट भदौ २७ गतेबाट हामी नेपालमा डेमेन्सट्रेशन प्रोजेक्टको रुपमा एच्पीभीको भ्याक्सिनको सुरुवात गर्न लागेका छौ । यो भ्याक्सिनले क्यान्सरबाट आमा र बालबालिकाहरुको मृत्युको समस्याहरु न्यूनिकरण गर्ने विश्वास गरेको छु ।’
मातृ तथा शिशूको स्वास्थ्य सुधारको अस्पतालको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उनले त्यसको लागि सम्पूर्ण अस्पतालको कर्मचारीको योगदान अमुल्य रहेको भन्दै प्रशंसा गरिन् ।
त्यस्तै ह्युमन मिल्क बैंक र सुरक्षित गर्भपतन सेवा पनि प्रसुति अस्पतालबाटै सुरु भएको भन्दै उनले थप सुधारका लागि आवश्यक पहल गर्ने बताइन् । ‘ह्युमन मिल्क बैंक’ को कल्पना धेरैले गरेका थिए भाग्यले साथ दिएर त्यसको स्थापना हामीले गरेका छौ । यो कार्यक्रम एकदम सफलतापूर्वक सञ्चालन भईरहेको छ ।’ उनले भनिन् ‘यसको साथै सुरक्षित गर्भपतनको सुरुवात पनि यही अस्पतालबाट भएको थियो भने त्यो काम पनि सकारात्मक रुपमा सफल भएको छ ।’
सोही कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.आर पी विच्छाले आगामी योजनामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ समेट्ने प्रतिवद्धता जनाए ।
उनले भने ‘हामीले ल्याउँने १६ औं योजनाको कुरा गरौं, त्यसको प्रत्यक्ष लाभ लिने स्वास्थ्य संस्था नै हो । अस्पतालहरुको लागि यो धेरै जरुरी छ, अब आउँने नीति कार्यक्रम र बजेट अब १६ औं योजनामा टेकेर नै हुन्छ ।’
उनले जनशक्ति व्यवस्थापन मुख्य समस्याको रुपमा देखिएको भन्दै, त्यसलाई सम्बोधन गर्न आवश्यक तयारी भइरहेको बताए ।
‘जनशक्तिको व्यवस्थापन एउटा सबैभन्दा ठूलो चुनौती हो र स्वास्थ्य क्षेत्रको यो सम्बोधन १६ औं योजनामा हुनै पर्छ भन्ने मेरो प्रयास हो र त्यो हुन्छ भन्ने कुरामा म विश्वस्त छु । पहिलाको योजनाहरुमा स्वास्थ्य क्षेत्रलाई समेटिएको थिएन् ।’ उनले भने ।
स्वास्थ्य क्षेत्रका कामदारको सुरक्षा सवालमा पनि सरकार गम्भीर हुनु पर्ने बताएका उनले निधक्क भएर काम गर्ने वातावरण बन्नु पर्नेमा जोड दिए । ‘एउटा सानो मजदुरलाई कसैले हात लगायो भने प्रधानमन्त्री कार्यालयमा युनियनका मासिनहरु पुगि सकेका हुन्छन् तर हाम्रो डक्टर नर्सलाई केही हुने हो भने कसैले आवाज उठाउँने वाला छैन् ।’ उनले भने ‘ अब डराएर, तनाव लिएर काम गर्ने अवस्था छैन्, हामीले नीति कानूनमा नै कुनै पनि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई मानसिक तनाव दिने खालको काम भयो भने त्यसलाई सजाँयमा लैजाने नियम बनाएका छौ र त्यो पारित पनि भईसकेको छ । ’

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ७ : ०२ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको