२०८२, २१ कार्तिक बिहीबार

सहमहामन्त्रीमाथि भएको खुकुरी प्रहारप्रति कांग्रेस गम्भीर : कडा कारबाही गर्न सरकारसंग माग

सहमहामन्त्रीमाथि भएको खुकुरी प्रहारप्रति कांग्रेस गम्भीर : कडा कारबाही गर्न सरकारसंग माग


काठमाडौं । नेपाली कांग्रेसले, सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न सरकारसंग माग गरेको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै , कांग्रेसले खुकुरी प्रहारको घटनालाई गम्भीररुपमा लिएको भन्दै आक्रमण गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरेको छ ।
त्यस्तै सो घटनाको पछाडि हुन सक्ने कारण पत्ता लगाउन आवश्यक गहिरो अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
‘ यो घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’ पौडेलद्वारा विज्ञप्तीमा लेखिएको छ ।
रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि नुवाकोट घर भएका श्यामबाबु सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ६ : ५५ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर