२०८३, २२ आश्विन शुक्रबार

सहमहामन्त्रीमाथि भएको खुकुरी प्रहारप्रति कांग्रेस गम्भीर : कडा कारबाही गर्न सरकारसंग माग

सहमहामन्त्रीमाथि भएको खुकुरी प्रहारप्रति कांग्रेस गम्भीर : कडा कारबाही गर्न सरकारसंग माग


काठमाडौं । नेपाली कांग्रेसले, सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न सरकारसंग माग गरेको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै , कांग्रेसले खुकुरी प्रहारको घटनालाई गम्भीररुपमा लिएको भन्दै आक्रमण गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरेको छ ।
त्यस्तै सो घटनाको पछाडि हुन सक्ने कारण पत्ता लगाउन आवश्यक गहिरो अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
‘ यो घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’ पौडेलद्वारा विज्ञप्तीमा लेखिएको छ ।
रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि नुवाकोट घर भएका श्यामबाबु सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ६ : ५५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य