२०८२, २६ श्रावण सोमबार

खेमराज गुरुङ ट्रस्टद्वारा वरिष्ठ गायक भजन शिरोमणि भक्तराज आचार्य सम्मानित

खेमराज गुरुङ ट्रस्टद्वारा वरिष्ठ गायक भजन शिरोमणि भक्तराज आचार्य सम्मानित


काठमाडौं । खेमराज गुरुङ ट्रस्टले, वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यलाई यस वर्षको श्रष्टा सम्मान प्रदान गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक आचार्यलाई सम्मान गरिएको हो।
आचार्यलाई ट्रष्टले ५० हजार रुपैयाँको राशीसहित सम्मान–पत्र प्रदान गरेको हो । यसअघि यो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापा ( २०७४), वरिष्ठ संगीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश ( २०७६) र वरिष्ठ गायक दीप श्रेष्ठ (२०७९ लाई प्रदान गरिएको थियो ।
२०३० सालमा अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएर नेपाली गीत संगीतको क्षेत्रमा गर्विलो उपस्थिति जनाएका राष्ट्रिय गीत बालगीत, आधुनिक गीत, भजन र चलचित्र पाश्र्व गायनसमेत गरी ३७५ वटा आफ्नै संगीत र २५ वटा अरुका संगीतका गरेर ४०० गीत रेकर्ड छन् ।
हजार सपनाहरूको माया लागेर आउँछ, मुटु जलिरहेछ’, ‘जा छन् बुद्धका आखाँलगायत दर्जनौ कालजयी गीतमार्फत नेपाली गीत संगीतको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएका आचार्यलाई थिमि डबली परिवारले २०५४ कात्तिक १८ गते भजन शिरोमणिको उपाधि प्रदान गरेको थियो ।
यसैगरी ट्रस्टले प्रतिभा पुरस्कार तुलसी बस्नेतलाई प्रदान गरेको छ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ६ : ३६ बजे

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

एजेन्सी । चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र

हिन्दुकुश हिमालय सांसद सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रका सांसदहरूको सम्मेलन आगामी भदौ २

ऊर्जामन्त्री खड्का र अष्ट्रेलियाका राजदूतबीच भेट

काठमाडौं । ऊर्जामन्त्री दिपक खड्का र अष्ट्रेलियाका नेपालस्थित राजदूत लिआन