२०८२, ३० पुस बुधबार

प्राधिकरणको एकै पटक ५१ वटा विद्युतीय सवारी चार्जिङ स्टेशनको उद्घाटन

प्राधिकरणको एकै पटक ५१ वटा विद्युतीय सवारी चार्जिङ स्टेशनको उद्घाटन


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले धमाधम देशभर विद्युतीय सवारी साधानको चार्जिङ स्टेशन निर्माण गरिरहेको छ ।
प्राधिकरणले हालसम्म ५१ वटा चार्जिङ स्टेशन निर्माण सम्पन्न गरेको छ । बुधवार देशभर निर्माण भएका ती ५१ वटा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनको औपचारिक उद्घाटन गरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले सो उद्घाटन गरेको हुन् ।

उद्घाटनपछि मन्त्री बस्नेतले चार्जिङ स्टेशन विस्तारमा सरकारको विशेष ध्यान रहेको बताए । पछिल्लो समय सर्वसाधारणको विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएकाले पनि सरकारले स्टेशन निर्माणलाई अभियानकै रूपमा सञ्चालन गर्ने उनको भनाई छ ।
उनले भने,–‘विद्युतीय सवारी भित्रने क्रम जारी नै छ । सर्वसाधारण आकर्षण बढी रहेको छ । तर, चार्जिङमा समस्या नहोस् भनेर सरकारले देशभर नै स्टेशन निर्माण गरेको हो । अब अभियान नै सञ्चालन गर्नुपर्छ ।’ विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै चार्जिङ स्टेशनको समस्या समाधान गर्नका लागि सरकारले देशभर स्थापना गर्ने मन्त्री बस्नेतले बताए । ‘वातावरण संरक्षण गर्न सरकार लागि परेको छ । प्रदूषण कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउने र देशभर चार्जिङ स्टेशन विस्तारमा सरकारको ध्यान छ’–मन्त्री बस्नेतले भने ।
विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएपछि प्राधिकरणले थप चार्जिङ स्टेशन बनाउने योजना पनि बनाइरहेको छ । साथै, यसको व्यवसाय गर्न निजी क्षेत्रलाई समेत खुला गरिएको छ । उक्त चार्जिङ स्टेशनहरु सञ्चालनमा आएपछि विद्युतीय सवारी साधनलाई सहजता प्रदान हुने बताइएको छ । साथै, पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याउने अपेक्षा गरिएको छ ।

प्राधिकरणले मुख्य राजमार्ग, बसपार्क र ठुला सहरमा रहेका ठाउँमा चार्जिङ स्टेसन बनाउने काम अघि बढाएको थियो । प्राधिकरणले बनाएका स्टेशनमा ठुला बस, माइक्रो, ट्रक, पिक अप तथा कार चार्ज गर्न सकिन्छ । निर्माण सम्पन्न भएका स्टेशनलाई काठमाडौंबाट नै कन्ट्रोल गर्न सकिने प्रविधि राखिएको छ । गाडी चार्ज गरेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठुला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ । चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभिमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने छ ।

नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुनसक्छ । चार्जिङ बन्न थालेपछि विद्युतीय सवारी साधानहरु चार्ज गर्न सहज हुने गरेको प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ११ : २५ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता