२०८२, २२ असार आईतबार

एमाले लुम्बिनी प्रदेशमा नयाँ नेतृत्वका लागि मतगणना सुरु

एमाले लुम्बिनी प्रदेशमा नयाँ नेतृत्वका लागि मतगणना सुरु


बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आजै भएको निर्वाचनको मतगणना सरू भएको छ । दिउँसो साढे २ बजे मतदान सकिएकोमा ५ बजेबाट मतगणना सुरू भएको हो ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतगणना शुरू भएको हो । निर्वाचन समितिका अनुसार साँझसम्म मतपरिणाम आइसक्ने बताइएको छ । नेतृत्वमा राधाकृष्ण कँडेल र हरि रिजाल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । १ हजार ४ जना प्रतिनिधि रहेको मतदान ९६५ मत खसेको छ । उपाध्यक्षमा पुजन विश्वकर्मा बाँके, भोजप्रसाद श्रेष्ठ रुपन्देही विश्वास बराल रुपन्देही, शान्तिकुमारी वली रोल्पा रहेका छन् । त्यस्तैगरी २ उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ ।

उपेन्द्रलाल कार्मी रुकुमपूर्व दुर्गाप्रसाद थारू चौधरी बाँके पूर्ण बुढामगर रोल्पा, हिरा एसी गुल्मी, आरती पौडेल बाँके लीला रानामगर बर्दिया र वसन्ती आचार्य बाँके रहेका छन् ।

५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समितिका लागि ३६४ जना प्रतिस्पर्धामा छन् । उम्मेदवारहरूसँग छलफल गरेपछि मतगणना शुरू गर्ने निर्वाचन समितिका सदस्य भरत पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ६ : १४ बजे

मनै लोभ्याउने शैलुङ डाँडाआकर्षक पर्यटकीय स्थल फोटो फिचर

दोलखा । दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो

हरिशयनी एकादशी : बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड हेर्नुहोस् तस्वीर

काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा

पुल उद्घाटनको लागि प्रधानमन्त्री ओली हुम्ला

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय

हरिशयनी एकादशी, शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन होःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशी, तुलसी रोप्ने

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी