२०८२, २२ चैत्र सोमबार

एमाले लुम्बिनी प्रदेशमा नयाँ नेतृत्वका लागि मतगणना सुरु

एमाले लुम्बिनी प्रदेशमा नयाँ नेतृत्वका लागि मतगणना सुरु


बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आजै भएको निर्वाचनको मतगणना सरू भएको छ । दिउँसो साढे २ बजे मतदान सकिएकोमा ५ बजेबाट मतगणना सुरू भएको हो ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतगणना शुरू भएको हो । निर्वाचन समितिका अनुसार साँझसम्म मतपरिणाम आइसक्ने बताइएको छ । नेतृत्वमा राधाकृष्ण कँडेल र हरि रिजाल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । १ हजार ४ जना प्रतिनिधि रहेको मतदान ९६५ मत खसेको छ । उपाध्यक्षमा पुजन विश्वकर्मा बाँके, भोजप्रसाद श्रेष्ठ रुपन्देही विश्वास बराल रुपन्देही, शान्तिकुमारी वली रोल्पा रहेका छन् । त्यस्तैगरी २ उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ ।

उपेन्द्रलाल कार्मी रुकुमपूर्व दुर्गाप्रसाद थारू चौधरी बाँके पूर्ण बुढामगर रोल्पा, हिरा एसी गुल्मी, आरती पौडेल बाँके लीला रानामगर बर्दिया र वसन्ती आचार्य बाँके रहेका छन् ।

५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समितिका लागि ३६४ जना प्रतिस्पर्धामा छन् । उम्मेदवारहरूसँग छलफल गरेपछि मतगणना शुरू गर्ने निर्वाचन समितिका सदस्य भरत पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ६ : १४ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर