२०८२, ३ जेष्ठ शुक्रबार

एमाले लुम्बिनीको अधिवेशन : नेतृत्वका लागि आज मतदान हुँदै

एमाले लुम्बिनीको अधिवेशन : नेतृत्वका लागि आज मतदान हुँदै


लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ । हिजै हुने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । हिजो मतपत्र छाप्न समय लागेपछि आज बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दबाब दिए पनि दुवै समूहमा कुनै सहमति हुन सकेन । अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेल र हरि रिजाल दुईटा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कँडेल पक्षलाई एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षलाई महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन् ।

दुवै पक्षले सचिवमा राखेका लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यका लागि निर्वाचन हुन लागेको हो । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनमा आज मतदान हुन लागेको हो । निर्वाचन आयोगका प्रमुख हरिप्रसाद भण्डारीले बिहान ७ बजेदेखि निर्वाचनको तयारी गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ७ : १२ बजे

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि