२०८२, १० माघ शनिबार

एमाले महासचिव पोखरेलको दावी : नेपाल केपी ओलीको नेतृत्वमा समृद्ध र सुखी बन्छ

एमाले महासचिव पोखरेलको दावी : नेपाल केपी ओलीको नेतृत्वमा समृद्ध र सुखी बन्छ


काठमाडौँ । चीन भ्रमणमा रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आज चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल भ्रमण गरेको छ ।

पोखरेलसहितको टोली सोमबार बिहान चीनको मुख्य शहर छोङछिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान र अन्तरक्रिया कार्यक्रममा सहभागी भएको हो । अन्तरक्रियामा महासचिव पोखरेलले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको आलोकमा नेपाललाई समृद्ध बनाउने अभियानमा जुटिरहेको बताएका छन् ।
‘जबजको आलोकमा ‘समृद्ध नेपाल स् सुखी नेपाली’ को लक्ष्यसहित एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको छ’, उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्वपूर्ण छ ।’

उनले नेपाली कम्युनिष्ट आन्दोलन विकासक्रमका मुख्य तीन मोडहरु रहेका बताएका छन् । तिनमा पुष्पलाल श्रेष्ठको पहलमा पार्टी स्थापना र संगठन निर्माण, मदन भण्डारी र उनले प्रतिपादित गरेको जनताको बहुदलीय जनवादसहितको विचार र पछिल्लो चरणका रुपमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समृद्धि अभियान चलाइरहेको बताए ।

उनले अब अध्यक्ष ओलीको नेतृत्वमा ’समृद्ध नेपाल स् सुखी नेपाली’को लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गर्ने पनि बताएका थिए । कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासबारे प्रोफेसर सुन लिङ उले र दा सिउ लाईओईले नयाँ चर्चा गरेका थिए । उनले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद स् सी विचारधारा विषयमा प्रस्तुति राखे ।

चीनमा रहेको भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी साह, राम राना, टुका हमाल, सहदेव देवकोटा, रचना खड्का, निरज आचार्य, मन्जु गुरुङ, अजयकुमार गुप्ता र मानवीर राई, राजेश राई छन् ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  १० : १७ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई