२०८३, १४ कार्तिक शनिबार

मानवअधिकार आयोगको केन्द्रीय कार्यालय पुननिर्माण गर्न ढिला गर्न हुँदैन : अध्यक्ष ओली

मानवअधिकार आयोगको केन्द्रीय कार्यालय पुननिर्माण गर्न ढिला गर्न हुँदैन : अध्यक्ष ओली


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगको केन्द्रीय कार्यालय पुननिर्माण गर्न अब ढिला गर्न नहुने बताएका छन् ।

सोमबार मानव अधिकार अभिलेख केन्द्रको अवलोकन गर्न पुगेका ओलीले २०७२ साल बैशाखमा गएको भूकम्पमा परी क्षतिग्रस्त भएको आयोगको केन्द्रीय कार्यालयको पुननिर्माण गर्न ढिला गर्न नहुने बताए ।

उनले भने, ‘अब धेरै विलम्ब नगरिकन मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुर्ननिर्माण हुनुपर्छ ।’ अध्यक्ष ओलीले आयोगको केन्द्रीय कार्यालयमा अहिले भएको संरचनालाई भत्काएर,सोहि स्थानमा कार्यालयको पुर्ननिर्माण गर्नुपर्ने धारणा राखे ।

त्यस्तै,उनले राष्ट्रिय मानवअधिकार आयोगले गरेको कामलाई प्रसंशा पनि गरे । ‘जसरी आयोगलाई संवैधानिक अंगको रुप दियौं,संविधानमै व्यवस्था गरेर र तत् सम्बन्धमा अधिकारहरु स्पस्ट गरेर त्यसको सफलतासँग आज मानवअधिकार आयोग यति सक्षम ढंगले आफ्ना उद्देश्यहरुमा सफल छ,’ ओलीले भने ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ९ : २० बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक