२०८३, २० आश्विन बुधबार

मानवअधिकार आयोगको केन्द्रीय कार्यालय पुननिर्माण गर्न ढिला गर्न हुँदैन : अध्यक्ष ओली

मानवअधिकार आयोगको केन्द्रीय कार्यालय पुननिर्माण गर्न ढिला गर्न हुँदैन : अध्यक्ष ओली


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगको केन्द्रीय कार्यालय पुननिर्माण गर्न अब ढिला गर्न नहुने बताएका छन् ।

सोमबार मानव अधिकार अभिलेख केन्द्रको अवलोकन गर्न पुगेका ओलीले २०७२ साल बैशाखमा गएको भूकम्पमा परी क्षतिग्रस्त भएको आयोगको केन्द्रीय कार्यालयको पुननिर्माण गर्न ढिला गर्न नहुने बताए ।

उनले भने, ‘अब धेरै विलम्ब नगरिकन मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुर्ननिर्माण हुनुपर्छ ।’ अध्यक्ष ओलीले आयोगको केन्द्रीय कार्यालयमा अहिले भएको संरचनालाई भत्काएर,सोहि स्थानमा कार्यालयको पुर्ननिर्माण गर्नुपर्ने धारणा राखे ।

त्यस्तै,उनले राष्ट्रिय मानवअधिकार आयोगले गरेको कामलाई प्रसंशा पनि गरे । ‘जसरी आयोगलाई संवैधानिक अंगको रुप दियौं,संविधानमै व्यवस्था गरेर र तत् सम्बन्धमा अधिकारहरु स्पस्ट गरेर त्यसको सफलतासँग आज मानवअधिकार आयोग यति सक्षम ढंगले आफ्ना उद्देश्यहरुमा सफल छ,’ ओलीले भने ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ९ : २० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको