२०८२, १० माघ शनिबार

सिन्धुली पुगेर एमाले नेता महेश बस्नेतले भने ‘राजन दाहाल जेल जानेदिन टाढा छैन’

सिन्धुली पुगेर एमाले नेता महेश बस्नेतले भने ‘राजन दाहाल जेल जानेदिन टाढा छैन’



सिन्धुली÷नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले फेरी पनि माओवादी केन्द्र र समाजवादीसँग मिलाउने प्रयास गरिएको भन्दै आपत्ती जनाएका छन् । केही व्यक्तिहरुले फेरी पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकोट पु¥याउन खोजिरहेको बताउँदै यदी त्यसो गरिए एमाले पार्टीनैं समाप्त हुने बताए ।
प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा नेता बस्नेतले सो कुरा बताएका हुन् । उनले अझैं पनि माओवादीकेन्द्रका नेता प्रचण्ड र माधव नेपाललाई एमालेमा मिसाउने प्रयास गरिरहनु भएको छ, त्यो सपना नदेख्न म उहाँहरुलाई आग्रह गर्छु, यदी उहाँहरु जर्वजस्ती बालकोट प्रवेश गर्ने प्रयत्न गर्नुहुन्छ भने हामीले त्यहाँबाट लेखेट्ने चेतावनी दिए । जसले प्रचण्ड र नेपाललाई एमालेमा मिलाउने प्रयास गरिरहेका छन्, उनीहरुले एमालेलाई सिध्याउन चाहान्छान्, हामी त्यसो हुन दिन्नौं, नेता बस्नेतले भने ।
आफ्नो सिन्धुलीसँग विषेश प्रकारको सम्बन्ध रहेको बताउँदै यहाँ आउनासाथ पुरानो घट्ना याद आइहाल्छ, म त्यो कहाली लाग्दो अपराधिक घटना र त्यसका नाइकेलाई संझिहाल्छु, माओवादी केन्द्रका नेता एवम् प्रतिनिधीसभा सदस्य राजन दाहालतर्फ लक्षितगर्दै उनले भने । संवाददाताहरुद्धारा सोघिएको प्रश्नको जवाफ दिने क्रममा उनले शान्ति संझौता पछिको फौजदारी अपराधको घटनामा राजन दाहाल जेल जाने बताए ।

रामेछाप इन्चार्ज भएका बेला उनले एमालेका तत्कालीन नेता देवशंकर पौडेललाई भिरबाट लडाएर हत्या प्रयास गर्ने, कालोमोसो दलेर दुव्र्यवहार गर्ने, ईश्वर पोखरेल पशुपति चौलागाई लगायतका नेतालाई तामाकोशीमा खसाल्न भिरबाट ढुंगा लडाउने, रातामाटेमा हाम्रो एक लाख रुपैया लुटेर हाम्रो कमरेड केशव देवकोटालाई अपहरण गर्ने राजन दाहाल एकदिन जेलको कालकोठरीमा जाने ठोकुवा गरे । हेरिराख्नु होला पछिल्लो समय एमालेविरुद्ध पुनः आक्रामक बनेर नेताहरुमाथि आरोप लगाइरहेका दाहाललाई कुनै हालतमा नछोडिने उद्घोषसमेत गरे । सिन्धुलीको रातामाटे घटना स्मरण गर्दै उनले आफ्नो औंला भाँचिदिएको र नक्कली दाँत हालेर हिँडेको पत्रकारहरुलाई देखाए ।
बस्नेतले राजन दाहालमात्र नभएर प्रचण्ड पनि जेल जाने दाबी गरे । अहिले भ्रष्टाचारका फाइल खोल्ने भन्दै माधव नेपाल र माओवादीका नेताहरुलाई सफाइ दिएर हिँडेका प्रचण्ड आफ्नै गल्तिका लागि जेल जाने दावी गरे ।
उनले एक जना ठेकेदारको १ करोड रुपैयाँ दाहालले लुटेर लगेको आरोप लगाए । राजनीतिमा अपराधिकरण बढाएर भएका घटनाहरुको छानबीन गरौं र दोषीहरुलाई कारबाही गरौै भनेर हामीले पटक पटक भनेका छौं, त्यो गर्न स्वयमं सरकार तयार नभएको उनले खुलासा गरे ।
पार्टीको विकल्पमा आएका स्वतन्त्रहरु कहिल्यै पनि बिकल्प बन्न नसक्ने बताउँदै नेता बस्नेत भनेका छन्ः हाँस्य कलाकारलाई युक्रेनी जनताले राष्ट्रपति बनाए, उनी साम्राज्यवादीको गोटी बने र अहिले त्यहाँका जनता रोएर बसिरहेका छन् । रवि, बालेन, हर्क र इमरानहरु जेलेन्स्की जस्तै थिए, रवि लामिछानेले गरेको भन्दा बढी स्टण्डबाज त इमरानले गरेका थिए, उनी केही कुरामा कमी थिएनन् तर सामाजिक सुरक्षाको अर्बों रकम घोटाला गरेको केसमा इमरान ३ वर्ष जेल गए । त्यसैले त्यस्ता इष्टण्डवाजहरु धेरै समय टिक्ने छैनन् ।
बस्नेतले प्रहरी र राजश्वका हाकिमहरु घुस खाएर राखेकै कारण पछिल्लो समय राजस्व एक तिहाईमा घटेको बताए । केपी ओलीले सरकारको नेतृत्व गर्दा एक सय दश प्रतिशत बढेको राजस्व प्रचण्डले नेतृत्व गर्नासाथ एक तिहाईमा झरेको छ । प्रहरी र भन्सार हाकिम मिलेर अबैध च्यानलबाट सामान लगिरहेको छ, यी सबै हुनुको मुख्य कारण राजनैतिक भ्रष्टिकरण र अपराधिकरणनैं मुख्य रहेको र यसलाई नियन्त्रण नगरेसम्म अर्थतन्त्रमा सुधार नआउने उनको भनाई थियो ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ६ : ३६ बजे

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये