२०८३, २८ श्रावण शुक्रबार

एक महिनामै १ अर्ब २८ करोडको बीमालेख सरेन्डर ९ हजार ७९८ पोलिसी बन्द

एक महिनामै १ अर्ब २८ करोडको बीमालेख सरेन्डर ९ हजार ७९८ पोलिसी बन्द


काठमाडौं । एक महिनामै बीमा पोलिसी त्याग सरेन्डर १ अर्ब माथि देखिएको छ । जीवन बीमा व्यवसाय गर्ने कम्पनीका बीमितले १ अर्ब २८ करोड बढीको बीमा पोलिसी सरेन्डर गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०र८१ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउन महिनामा ९ हजार ७९८ बीमितले १ अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँ बढी सरेन्डर गरेका हुन् ।

बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिँदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ ।

पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ । बीमा गरेको न्यूनतम ३ वर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइन्छ । यसअघि बीमा गरेको २ वर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । बीमालेख सरेन्डर बढ्दै गएपछि र विकृति समेत बढेपछि गत आर्थिक वर्षदेखि त्यसको न्यूनतम सीमा तीन वर्ष पुर्‍याइएको बीमा प्राधिकरणले जनाएको छ ।

विशेषगरि पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण अवधि ९परिपक्वता० नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख लाइफ इन्स्योरेन्स पोलिसको सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको छ ।

गत आर्थिक वर्ष २०७९ र ८० मा पनि १ लाख ४ हजार ४०६ वटा पोलिसी सरेन्डर भएको छ । गत वर्ष १४ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको पोलिसी बन्द भएको हो । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा २७.६६ प्रतिशतले बढी हो । गत आवमा १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको ८१ हजार ८६० वटा पोलिसी सरेन्डर भएको थियो ।

बीमा अभिकर्ताहरूले कमिसनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले बीमालेख त्याग्नेको सङ्ख्या बढेको विज्ञहरू बताउँछन् । पछिल्लो समय अन्डरराइटिङ राम्रो नगरी र बुझ्दै नबुझी बीमा पोलिसी किनबेच भइरहेकोले पनि सरेन्डर बढेको उनीहरूको तर्क छ । यद्यपि, बीमितले आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने गरेको पनि बताइन्छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सरेन्डर सबैभन्दा धेरै देखिएको छ । एक महिनामै कम्पनीका ३ हजार ३२४ बीमितले पोलिसी सरेन्डर गरेका हुन् । साउनमा कम्पनीको सरेन्डर रकम ४७ करोड २३ लाख रुपैयाँ रहेको छ ।

दोस्रो धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी नेपालको रहेको छ । कम्पनीका २ हजार २४ बीमितले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् । यस्तै, हिमालयन लाइफका ९८८ बीमितले १२ करोड २२ लाख, राष्ट्रिय बीमा संस्थानका ८६२ बीमितले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा कम सन नेपाल लाइफको देखिएको छ । साउनमा कम्पनीका १३ बीमितले ११ लाख रुपैयाँ बराबरको पोलिसी बन्द गराएका छन् ।

साउनमा सुर्यज्योति लाइफका ४०८ बीमितले ७ करोड ४६ लाख रुपैयाँ, एशियन लाइफका ७४४ बीमितले ५ करोड ८४ लाख, नेशनल लाइफका २९१ बीमितले ४ करोड ५५ लाख, मेट लाइफका ४६८ बीमितले ४ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।

यता, सानिमा रिलायन्सका १८० बीमितले १ करोड ५१ लाख, सिटिजन लाइफका १७६ बीमितले १ करोड १४ लाख, आइएमई लाइफका १३३ बीमितले ९९ लाख, रिलायवल नेपालका १६२ बीमितले ९० लाख र प्रभु महालक्ष्मी लाइफका २५ बीमितले ३५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ४ : २८ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व