२०८२, ११ मंसिर बिहीबार

एक महिनामै १ अर्ब २८ करोडको बीमालेख सरेन्डर ९ हजार ७९८ पोलिसी बन्द

एक महिनामै १ अर्ब २८ करोडको बीमालेख सरेन्डर ९ हजार ७९८ पोलिसी बन्द


काठमाडौं । एक महिनामै बीमा पोलिसी त्याग सरेन्डर १ अर्ब माथि देखिएको छ । जीवन बीमा व्यवसाय गर्ने कम्पनीका बीमितले १ अर्ब २८ करोड बढीको बीमा पोलिसी सरेन्डर गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०र८१ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउन महिनामा ९ हजार ७९८ बीमितले १ अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँ बढी सरेन्डर गरेका हुन् ।

बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिँदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ ।

पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ । बीमा गरेको न्यूनतम ३ वर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइन्छ । यसअघि बीमा गरेको २ वर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । बीमालेख सरेन्डर बढ्दै गएपछि र विकृति समेत बढेपछि गत आर्थिक वर्षदेखि त्यसको न्यूनतम सीमा तीन वर्ष पुर्‍याइएको बीमा प्राधिकरणले जनाएको छ ।

विशेषगरि पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण अवधि ९परिपक्वता० नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख लाइफ इन्स्योरेन्स पोलिसको सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको छ ।

गत आर्थिक वर्ष २०७९ र ८० मा पनि १ लाख ४ हजार ४०६ वटा पोलिसी सरेन्डर भएको छ । गत वर्ष १४ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको पोलिसी बन्द भएको हो । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा २७.६६ प्रतिशतले बढी हो । गत आवमा १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको ८१ हजार ८६० वटा पोलिसी सरेन्डर भएको थियो ।

बीमा अभिकर्ताहरूले कमिसनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले बीमालेख त्याग्नेको सङ्ख्या बढेको विज्ञहरू बताउँछन् । पछिल्लो समय अन्डरराइटिङ राम्रो नगरी र बुझ्दै नबुझी बीमा पोलिसी किनबेच भइरहेकोले पनि सरेन्डर बढेको उनीहरूको तर्क छ । यद्यपि, बीमितले आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने गरेको पनि बताइन्छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सरेन्डर सबैभन्दा धेरै देखिएको छ । एक महिनामै कम्पनीका ३ हजार ३२४ बीमितले पोलिसी सरेन्डर गरेका हुन् । साउनमा कम्पनीको सरेन्डर रकम ४७ करोड २३ लाख रुपैयाँ रहेको छ ।

दोस्रो धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी नेपालको रहेको छ । कम्पनीका २ हजार २४ बीमितले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् । यस्तै, हिमालयन लाइफका ९८८ बीमितले १२ करोड २२ लाख, राष्ट्रिय बीमा संस्थानका ८६२ बीमितले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा कम सन नेपाल लाइफको देखिएको छ । साउनमा कम्पनीका १३ बीमितले ११ लाख रुपैयाँ बराबरको पोलिसी बन्द गराएका छन् ।

साउनमा सुर्यज्योति लाइफका ४०८ बीमितले ७ करोड ४६ लाख रुपैयाँ, एशियन लाइफका ७४४ बीमितले ५ करोड ८४ लाख, नेशनल लाइफका २९१ बीमितले ४ करोड ५५ लाख, मेट लाइफका ४६८ बीमितले ४ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।

यता, सानिमा रिलायन्सका १८० बीमितले १ करोड ५१ लाख, सिटिजन लाइफका १७६ बीमितले १ करोड १४ लाख, आइएमई लाइफका १३३ बीमितले ९९ लाख, रिलायवल नेपालका १६२ बीमितले ९० लाख र प्रभु महालक्ष्मी लाइफका २५ बीमितले ३५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ४ : २८ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री