२०८२, १० माघ शनिबार

एमाले लुम्बिनी अधिवेशन : तीन बजेबाट मतदानको तयारी

एमाले लुम्बिनी अधिवेशन : तीन बजेबाट मतदानको तयारी


बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिमा चयन गर्ने प्रयास असफल भएको छ । सहमतिको प्रयास असफल भएसँगै निर्वाचन कमिटीले निर्वाचनको प्रक्रिया थालिसकेको छ । सोमबार बिहान ११ बजेसम्म उम्मेदवारी मनोनयन समय तोकिएकोमा उक्त समय सकिएपछि निर्वाचन कमिटीले उम्मेदवारी दिएकाहरूको नाम सङ्कलन गरिरहेको छ ।

रुपन्देहीको बुटवलमा शनिवारबाट जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षसहितका पदमा दुई समूहले उम्मेदवारी दर्ता गरेपछि छुट्टाछुट्टै प्रतिस्पर्धामा हुने निश्चित भैसकेको छ । सोमबार बिहानसम्म पनि सहमतिमै नयाँ नेतृत्व चयनका लागि नेताहरू जुटे पनि असफल भएको बताउनुभएको छ । खास गरी अध्यक्षमा आकाङ्क्षी हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरिप्रसाद रिजालबीच सहमति जुटाउने प्रयास भएपनि असम्भव भएको एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सहमतिको प्रयास धेरै गरियो तर अध्यक्षका उम्मेदवारहरूले निर्वाचनमै जाने पछि नहट्ने भन्ने अडान नछोड्दा अव निर्वाचन नै हुने भयो ।’ नेता भट्टराईले सोमबार दिउँसो ३ बजेबाट मतदान गर्ने तयारी भइरहेको बताउनुभयो । उम्मेदवारी मनोनयनको समय सकिएसँगै दाबी विरोध, उम्मेदवारी फिर्ता लगायतका कामहरू हुने निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीको भनाइ छ ।

निर्वाचन कमिटीका सदस्य विष्णुप्रसाद खनालले मनोनयन दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले अरू प्रक्रिया सुरु भएको बताउनुभयो । एमाले लुम्बिनीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य, सोम सापकोटा र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ कँडेल र विश्वकर्मा रिजाल पक्षका हुनुहुन्छ ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ३ : ३५ बजे

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये