२०८२, १९ मंसिर शुक्रबार

बालेनलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो– पदीय जिम्मेवारी र कर्तव्य पालना गर्नु

बालेनलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो– पदीय जिम्मेवारी र कर्तव्य पालना गर्नु


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन अनुरोध गरेको छ ।

आज ९सोमबार० सहायक प्रमुख जिल्ला अधिकारी खड्कबहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट «सेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउनु हुन र विभिन्न सामाजिक सञ्जालहरूमा जथाभावी वक्तव्यबाजी नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ, ’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको निजी सचिवालयले विज्ञप्ति निकालेर प्रहरीले चेकिङका नाममा सुरक्षाकर्मीले अभद्र व्यवहार गरेको आरोप लगाएको थियो । शनिबार राति मेयर बालेनकी पत्नी सविना काफ्ले चढेको महानगरपालिकाको गाडीलाई प्रहरीले कोटेश्वरमा चेकजाँच गरेको थियो । प्रहरीले सार्वजनिक बिदाका दिनमा सरकारी गाडी प्रयोग गर्न नहुनेबारे सम्झाएको थियो ।

त्यसपछि शनिबार राति नै मेयर बालेनले अब महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाइ दिने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । जिल्ला प्रशासन कार्यालयले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयमार्फत विगतदेखि नै हुँदै आएको स्मरण पनि गराएको छ ।

‘सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ । यसबाट निजी काममा सरकारी सवारी साधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ । गृह मन्त्रालयको निर्देशन अनुसार सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ३ : २२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको