२०८२, १० माघ शनिबार

उदयपुरमा माधव नेपाल नेतृत्वको पार्टीमा गयो पहिरो

उदयपुरमा माधव नेपाल नेतृत्वको पार्टीमा गयो पहिरो


उदयपुर । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी उदयपुरमा पहिरो गएको छ । एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नभएको भन्दै अध्यक्षसहित त्रियुगा नगर कमिटी एमालेमा विलय भएपछि पार्टीमा पहिरो गएको हो ।

केहि दिन अघि बद्री गेलाल फर्किए लगत्तै शुक्रबार नगर कमिटीका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य जनार्दन रेग्मी नेतृत्वको टिम पुरानो घर एमालेमा फर्किएको हो । त्यसैगरी नगर कमिटीका सचिवालय सदस्यहरु धुर्वराज कार्की, निर्मल रेग्मी, राजकुमार थापा, उदय कार्की, प्रशान्त बस्नेत, सुनिल पौड्ेल, मिना राया, अनेरास्ववियुका जिल्ला सदस्य सुनिता विक लगायतका नेताहरु एमालेमा समाहित भएका हुन् ।

उनीहरुलाई एमालेका केन्द्रिय सदस्य तथा पालिका इन्र्चाज अम्बिका थापा, प्रदेश कमिटी सदस्यद्धय बैकुण्ठनाथ दहाल र भागवत राउतले प्रवेश गराएका हुन् । यसरी धमाधम नेता कार्यकर्ता पुरानै घरमा फर्किन थालेपछि एमालेबाट चोइटिएर गएको माधव नेपाल समुहलाई नेता र कार्यकताएको संकट पैदा भएको छ । भुगोल तथा जनसंख्याको हिसावले जिल्लाकै सबैभन्दा ठुलो तथा सदरमुकाममा रहेको नगरपालिकाका अध्यक्ष नै एमालेमा फर्किएपछि समाजवादीमा नेताको खडेरी लाग्न सुरु भएको हो ।

एक बिज्ञप्ती जारी गर्दै उनीहरुले एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकी दक्षिणपन्थीको सेवाका लागि विर्सजनबाद तिर लागेकोले आफुहरु पुनः मुलधारकै पार्टी एमालेमा फर्किएको बताएका छन् । पार्टीको सिद्धान्त र कार्यनीति विचमा तारतम्य नमिली कार्यकर्ता र जनमानसमा दिग्भ्रमित बनाउने र दक्षिणपन्थी र अवसरबादी पार्टीको बैशाखी टेकेर निर्वाचनमा गठबन्धन गरी सिद्धान्तलाई तिलान्जली दिएको हुँदौ बस्नु औचित्य नरहेको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ८ : ५१ बजे

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये