२०८३, १ आश्विन शुक्रबार

नेविसंघद्वारा भ्रष्टाचारविरुद्ध प्रर्दशन : प्रचण्ड सरकार होसियार ( फोटो फिचर)

नेविसंघद्वारा भ्रष्टाचारविरुद्ध प्रर्दशन : प्रचण्ड सरकार होसियार ( फोटो फिचर)

मुल्य वृद्धि नियन्त्रण नगरे विद्यार्थीको उग्र रुप देख्ने चेतावनी


काठमाडौं । सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सरकारविरुद्ध शिक्षा स्वास्थ्य क्षेत्रमा भ्रष्टचार बन्द गर भन्दै विरोध गरेको छ ।
आईतबार काठमाडौंको माईतीघरमा आयोजित विरोध प्रर्दशनमा सहभागिहरुले प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रर्दशनमा सहभागिले मुल्य वृद्धि खारेज गर, प्रचण्ड सरकार होसियार जस्ता नारा लगाएका थिए ।
नेविसंघ नेता गौरव पाण्डेले सरकारले मुल्य वृद्धि नियन्त्रण नगरे विद्यार्थीको उग्र रुप देख्ने चेतावनी दिए ।
‘सरकारले जनताको ढाड सेकाउने गरी मुल्य वृद्धि गरेको छ । सरकारलाई हाम्रो चेतावनी विद्यार्थिहरुको उग्र रुप देख्नु हुनेछ । यसरी जनतालाई लुट्न पाईदैन् । प्रचण्ड सरकारले यस्तो कार्य गरिरहेको छ ।’
विरोध कार्यक्रममा बोल्दै नेविसंघका विद्यार्थिहरुले सरकारले गरिबलाई बाँच्न पनि नदिने अवस्था सिर्जना गरेको आरोप लगाएका छन् । सरकारले आफुहरुलाई झुटो आश्वासन दिएर जनताको आंखाका धुलो छर्ने काम गरेको उनिहरुको भनाई छ ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ६ : ५८ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी