२०८२, १२ पुस शनिबार

एसिया कप आज बंगलादेश र अफगानस्तानबीच प्रतिस्पर्धा हुदै

एसिया कप आज बंगलादेश र अफगानस्तानबीच प्रतिस्पर्धा हुदै


काठमाडौं । १६ औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज बंगलादेश र अफगानस्तान खेल्दै छन् । यी दुई टोलीबीचको खेल दिउँसो ३ः१५ देखि पाकिस्तानको गद्दाफी स्टेडिया सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेका यी दुबै टिमको प्रतिस्पर्धा टक्करको हुने देखिन्छ ।
यता हिजो भएको एसिया कपको समूह चरणको खेलमा पाकिस्तान र भारतले एकएक अंक बाँड्दै पाकिस्तान सुपर चारमा पुगेको छ ।
शनिबार भएको खेल वर्षाले विथोलेपछि दुबैले अंक बाँड्नु परेको हो । अब भारतले नेपालसँग खेल्नेछ । भारत यदि एसिया कपमा नेपालसँग हारे समूह चरणबाटै बाहिरिने छ ।
समूह ए को अन्तिम खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।
पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेको छ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । अन्तिम खेलमा नेपाल विजयी हुँदा २ अंक हुन्छ । नेपालसँग पराजित हुँदा भारत १ अंकका साथ पुछारमा रहँदै बाहिरिनेछ । तर,नेपालले भारतसँग जित हात पार्न निकै उम्दा प्रर्दशन गर्नुबाहेक कुनै विकल्प छैन् ।
भोली वर्षाको कारण खेल रद्द हुने परिस्थिति बने भारत २ अंकका साथ सोझै सुपर फोरमा पुग्नेछ । त्यसैले नेपालले जित निकाल्न सके पहिलो सहभागीतामै सुपर फोरमा स्थान बनाउने देखिन्छ ।
विश्व क्रिकेटमा प्रभावशाली अस्तित्व बनाएका भारत र पाकिस्तन बीचको खेल निकै टक्करको हुँदा हुँदै पनि वर्षा उक्त खेलको बाधक बन्न पुग्यो । पाकिस्तानका तीन तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको सानदार बलिङमा भारत २ सय ६६ रनमै अल आउट भएको थियो । सुरुबाटै बर्षाले विथोल्दै आएको पाकिस्तान र भारतबीचको खेल वर्षाको कारण रद्द भयो ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह बी को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् ।

सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो पटक एसिया कप खेलेको छ ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ९ : १२ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको