२०८२, २२ चैत्र सोमबार

एसिया कप आज बंगलादेश र अफगानस्तानबीच प्रतिस्पर्धा हुदै

एसिया कप आज बंगलादेश र अफगानस्तानबीच प्रतिस्पर्धा हुदै


काठमाडौं । १६ औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज बंगलादेश र अफगानस्तान खेल्दै छन् । यी दुई टोलीबीचको खेल दिउँसो ३ः१५ देखि पाकिस्तानको गद्दाफी स्टेडिया सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेका यी दुबै टिमको प्रतिस्पर्धा टक्करको हुने देखिन्छ ।
यता हिजो भएको एसिया कपको समूह चरणको खेलमा पाकिस्तान र भारतले एकएक अंक बाँड्दै पाकिस्तान सुपर चारमा पुगेको छ ।
शनिबार भएको खेल वर्षाले विथोलेपछि दुबैले अंक बाँड्नु परेको हो । अब भारतले नेपालसँग खेल्नेछ । भारत यदि एसिया कपमा नेपालसँग हारे समूह चरणबाटै बाहिरिने छ ।
समूह ए को अन्तिम खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।
पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेको छ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । अन्तिम खेलमा नेपाल विजयी हुँदा २ अंक हुन्छ । नेपालसँग पराजित हुँदा भारत १ अंकका साथ पुछारमा रहँदै बाहिरिनेछ । तर,नेपालले भारतसँग जित हात पार्न निकै उम्दा प्रर्दशन गर्नुबाहेक कुनै विकल्प छैन् ।
भोली वर्षाको कारण खेल रद्द हुने परिस्थिति बने भारत २ अंकका साथ सोझै सुपर फोरमा पुग्नेछ । त्यसैले नेपालले जित निकाल्न सके पहिलो सहभागीतामै सुपर फोरमा स्थान बनाउने देखिन्छ ।
विश्व क्रिकेटमा प्रभावशाली अस्तित्व बनाएका भारत र पाकिस्तन बीचको खेल निकै टक्करको हुँदा हुँदै पनि वर्षा उक्त खेलको बाधक बन्न पुग्यो । पाकिस्तानका तीन तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको सानदार बलिङमा भारत २ सय ६६ रनमै अल आउट भएको थियो । सुरुबाटै बर्षाले विथोल्दै आएको पाकिस्तान र भारतबीचको खेल वर्षाको कारण रद्द भयो ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह बी को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् ।

सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो पटक एसिया कप खेलेको छ ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ९ : १२ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर