२०८२, १८ भाद्र बुधबार

फलफूल तथा घट्यो हरियो तरकारीको मूल्य

फलफूल तथा घट्यो हरियो तरकारीको मूल्य



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ । जारी मूल्य अनुसार आज हरियो तरकारीको मूल्यमा गिरावट आएको छ ।
आज कन्य च्याउ प्रतिकेजी ४० रुपैयाँ,घिउ सिमी,हरियो फर्सी २०, करेला १०, रुपैयाँले घटेको छ ।
समितिका अनुसार आज ठूलो गोलभेँडाको न्यूनतम मूल्य हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर आएको छ । हिजो प्रतिकेजी ९० रुपैयाँ तोकिएको नेपाली ठूलो गोलभेँडा आज ७० रुपैयाँ बजार मूल्य निर्धारण गरिएको छ ।
नेपाली सानो गोलभेँडाको मूल्यमा पनि १० रुपैयाँ, घटेको छ । आज गोलभेँडाको प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ रहेको छ ।
आज रातो आलु ५५ रुपैयाँ,भारतीय प्याज सुकेको ७२ रुपैयाँ, गाजर १३० रुपैयाँ तथा स्थानीय काउली १०० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ । हिजोको तुलनामा आज गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँ बढेको छ ।
घिउ सिमी लोकल ७०, भन्टा डल्लो ७०, तने बोडि ६०, भटमासकोशा ९०, तितो करेला ९०, लौका ७०, लोकल परवल ४५, घिराँैला ५०, हरियो फर्सी ५०,फर्सी पाकेको ४५, स्कूस ३०, कन्य च्याउ १८०,डल्ले च्याउ ३५०,कुरीलो ५५०,ब्रोकाउली ३००,काँक्रो लोकल १०० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।
त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ, स्याउ फूजी ३२०, अनार २८०, कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १५०,नासपाती लोकल ७०,मेवा भारतीय ८०, अम्बा १००,किवी ६०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ८ : ३३ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना