२०८२, ४ फाल्गुन सोमबार

बानेश्वरमा मंहगीविरुद्ध युवा संघको मसाल जुलुस, सडकबाटै सरकारलाई घुँडा टेकाउने चेतावनी

बानेश्वरमा मंहगीविरुद्ध युवा संघको मसाल जुलुस, सडकबाटै सरकारलाई घुँडा टेकाउने चेतावनी


काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले, महंगीविरुद्ध काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
काठमाडौंको बानेश्वरमा युवासंघका कार्यकर्ताले बानेश्वरमा एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नलगायतका उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि विरुद्ध विरोध प्रर्दशन गरेको हो ।
प्रर्दशनमा सहभागि, महंगी नियन्त्रण, हाम्रो आन्दोलन जारी छ, प्रहरी दमन मुर्दावाद, मुल्य वृद्धी फिर्ता गरलगायतका नारा लगाएका थिए । मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै, कार्यवहाक अध्यक्ष पुष्प श्रेष्ठले, सरकारले मंहगी नियन्त्रणमा कुनै चासो नदिएको आरोप लगाए ।
‘आज हाम्रो देशले चरम मुल्य वृद्धि खेपिरहेको छ । हामीले बारम्बार सरकारलाई मुल्य वृद्धिबारे ध्यानाकर्षण गराउँदै गर्दा उहाँहरुले हाम्रो आवाजलाई सुनुवाई गरेन् ।’ उनले भने ‘ यदी सरकारले हाम्रो कुरा सुनेन भने ७७ जिल्लामा ओगो बाल्नेछ । सरकारलाई घुँडा टेकाउने छौं भनेका थियौं । त्यसै क्रममा आज देशैभरी मसाल जुलुस निकालिएको छ । ’
नीतिगत रुपमा सेटिङमा मुल्य वृद्धि भएको आरोप लगाएका उनले नीति गत भ्रष्टाचारमा उद्योग मन्त्रालय र गृहमन्त्रालयको समेत मिलेमतो रहेको आरोप लगाए ।

प्रकाशित मिति : २०८०, १६ भाद्र शनिबार  ८ : ४१ बजे

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको