२०८२, २१ कार्तिक बिहीबार

बानेश्वरमा मंहगीविरुद्ध युवा संघको मसाल जुलुस, सडकबाटै सरकारलाई घुँडा टेकाउने चेतावनी

बानेश्वरमा मंहगीविरुद्ध युवा संघको मसाल जुलुस, सडकबाटै सरकारलाई घुँडा टेकाउने चेतावनी


काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले, महंगीविरुद्ध काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
काठमाडौंको बानेश्वरमा युवासंघका कार्यकर्ताले बानेश्वरमा एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नलगायतका उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि विरुद्ध विरोध प्रर्दशन गरेको हो ।
प्रर्दशनमा सहभागि, महंगी नियन्त्रण, हाम्रो आन्दोलन जारी छ, प्रहरी दमन मुर्दावाद, मुल्य वृद्धी फिर्ता गरलगायतका नारा लगाएका थिए । मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै, कार्यवहाक अध्यक्ष पुष्प श्रेष्ठले, सरकारले मंहगी नियन्त्रणमा कुनै चासो नदिएको आरोप लगाए ।
‘आज हाम्रो देशले चरम मुल्य वृद्धि खेपिरहेको छ । हामीले बारम्बार सरकारलाई मुल्य वृद्धिबारे ध्यानाकर्षण गराउँदै गर्दा उहाँहरुले हाम्रो आवाजलाई सुनुवाई गरेन् ।’ उनले भने ‘ यदी सरकारले हाम्रो कुरा सुनेन भने ७७ जिल्लामा ओगो बाल्नेछ । सरकारलाई घुँडा टेकाउने छौं भनेका थियौं । त्यसै क्रममा आज देशैभरी मसाल जुलुस निकालिएको छ । ’
नीतिगत रुपमा सेटिङमा मुल्य वृद्धि भएको आरोप लगाएका उनले नीति गत भ्रष्टाचारमा उद्योग मन्त्रालय र गृहमन्त्रालयको समेत मिलेमतो रहेको आरोप लगाए ।

प्रकाशित मिति : २०८०, १६ भाद्र शनिबार  ८ : ४१ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर