२०८२, २१ कार्तिक बिहीबार

कांग्रेसका नेता सांसद शर्माको २४ घण्टा सरकार ढाल्ने चेतावनी

कांग्रेसका नेता सांसद शर्माको २४ घण्टा सरकार ढाल्ने चेतावनी



काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले, आफूहरु लाग्ने हो भने सरकार २४ घण्टामै ढल्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेका नेताकै कारण देश बर्बाद भएको भएको भन्दै त्यस विरुद्ध आवाज उठाउन ढिला भएको बताए ।
उनले अहिलेका प्रधानमन्त्री प्रचण्डलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने भन्दै प्रश्न उठाए ्।
उनले भने ‘सिंहदरबार घेर्नु पर्छ भने त्यो घेरौं । गान्धिको चर्खा आन्दोलन जस्तै दशौं लाख मानिसहरु सडकमा निस्कौं र हामी सुतौं र भनौं एउटा मान्छे एउटा पार्टीको ४० वर्षसम्म अध्यक्ष हुन पाउँछ कि पाउँदैन् ? कानून त्यहाँ परिर्वतन गर्नु पर्छ हामीले, एउटा मान्छे छ पल्ट प्रधानमन्त्री हुन पाउँछ कि पाउँदैन् कानून हामीले त्यहाँ परिर्वतन गर्नु पर्छ हामीले । अमेरिकी स्टाईलमा लैजाँउ न हामी एक व्यक्ति एक पद दुईपल्ट यतिमात्रै चेन्ज गर्यौ भने नेपालको ९० प्रतिशत समस्या समाधान हुन्छ ।’
उनले उद्योग बाणिज्य महासंघले आफ्नो क्षमता नबुझेको भन्दै उद्योगीहरुले चाहे २४ घण्टामा सरकार ढल्ने ठोकुवा गरे ।
उनले भने ‘एफएनसीसीआईका साथीहरु तपाईहरुले आफ्नो दम बुझ्नु भएको छैन् । यो सरकार २४ घण्टा टिक्दैन यदी हामी लाग्यौं भने । ’

प्रकाशित मिति : २०८०, १३ भाद्र बुधबार  ६ : २९ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर