२०८३, १४ कार्तिक शनिबार

सांसद एकनाथ ढकालको चासो गंगामायाले न्याय कहिले पाउँछिन ?

सांसद एकनाथ ढकालको चासो गंगामायाले न्याय कहिले पाउँछिन ?

प्रधानमन्त्रीको जवाफ, उनको सेवा सरकारले गरिरहेको छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन घटनाका पीडितले चाँडै न्याय पाउने बताएका छन् ।
मंगलबार संघीय संदमा भएको प्रतिनिधिसभा बैठकमा सांसद एकनाथ ढकालले द्वन्द्वकालीन घटनाका पीडितहरु र न्यायमाग्दै आएकी गोरखाकी गंगामाया अधिकारीले कहिले न्याय पाउँछन् भनेर गरेको प्रश्नको सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार यथासिघ्र संकमणकालीन मुद्दाको सम्बोधन गर्न प्रतिवद्ध रहेको बताए ।
दाहालले भने, ‘द्वन्द्वकाली घटनालाई न्यायीक सम्बोधन गर्नेगरी संक्रमणकालीन न्याय सम्पादनका लागि बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएको र संक्रमणकालीन न्याय यथाशिघ्र सम्पादन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ । संक्रमणकालीन न्याय सम्बन्धी संघीय संदनमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायका मुद्दाहरु सम्बोधन हुने कुरामा सरकार विस्वस्त रहेको छ ।’
सांसद एकनाथ ढकालले छोरा र पतिको लागि न्याय माग्दै आएकी गोरखाकी गंगामाया अधिकारीको माग सरकारले सम्बोधन गनुपर्ने भन्दै चासो देखाए ।
‘न्याय माग गर्दैै अएकी गोरखाको नन्दप्रसाद अधिकारीको धर्मपत्नी गंगामाया अधिकारीको मागको सम्मान कहिले र कसरी गर्नुहुन्छ ? न्यायमाग्दै शान्तिपूर्ण अनसनमा बसेकी गंगामायाको मागको सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य होकि होइन ?
प्रतिउत्तरमा दाहालले गंगामायालाई मानविय सेवा र संरक्षण प्रदान गरेको जिकिर गरे ।
‘प्रचलित कानूनको अधिनमा रही नपाल सरकार तथा अन्र्तगतका निकायबाट गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणको कार्य भइनै रहेको छ । अस्पतालको विवरण अनुसार निजको स्वास्थ्य अवस्था सामान्य नै रहेको र उपचारका लागि सरकारले ३७ लाख ४७ हजार उपलब्ध गराएको कुरा पनि जानकारी गराउँछु,’ दाहालले भने ।
छोरा नूरप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै न्यायका लागि अनसन बसेको ३३० दिनमा गोरखाका नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो । त्यसयता पति र छोराको न्यायको लागि गंगामाया सरकारसँग न्यायको याचना

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार  ३ : ५० बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक