२०८३, १४ कार्तिक शनिबार

प्रधानमन्त्रीलाई एमाले प्रमुख सचेतक गिरिको प्रश्न, सत्तापक्षको नेतालाई अपराध गरे पनि छुट हुने ?

प्रधानमन्त्रीलाई एमाले प्रमुख सचेतक गिरिको प्रश्न, सत्तापक्षको नेतालाई अपराध गरे पनि छुट हुने ?



काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरिले, सरकारले जनतालाई सुशासन दिएको भन्दै गोटी खेलेर बसेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा उनले सरकारले सत्तापक्षका भ्रष्टचारीको नाईकेलाई जोगाएर आम नागरिकलाई सुशासनको रटान दिएर बसेको आरोप लगाए। उनले प्रधानमन्त्री प्रचण्डले, सामाजिक सद्भाव भड्काउन भूमिका खेलेको समेत टिप्पणी गरे । ‘मुलुकमा मिलेर बसेका दाजुभाईहरुलाई आपसमा विद्रोह फैलाउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिती सिर्जना गर्ने काममा स्वयं प्रधानमन्त्रीले मलजल गरिरहनु भएस्को छ । देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदका बसेको व्यक्ति दाजुभाईको बीचमा विद्रोह र घृणा फैलाउने काम गर्ने यो कुनै पनि हालतमा स्वीकार्य छैन । हामी आपत्ति र निन्दा गर्दछौं । ’ उनले भने । उनले सरकारमा सहभागि दलका नेताहरु जस्तो सुकै काण्डमा सहभागि भएपनि छुट दिने काम भएको जिकिर गरे ।

‘आज हामी शुसासन दिइरहेका छौं भनेर सरकारले गोटी हानिरहेको छ । भ्रष्टाचारीको एक एक खोजी गरिरहेका छौं र कारबाही गर्छौ भनेर जनतालाई देखाउने काम गर्छ । तर व्यवहारमा भ्रष्टचारका नाईकेहरु सत्तापक्षका नेताहरु जति ठुलो अपराध र कर्तुत गरे पनि छानबिनको दायरामा ल्याईदैन् ।’ उनले भने ‘पछिल्लो समय सुन तस्करी भयो ।

सुन तस्करीमा संलग्न भएका राजनीतिक तहका नेताहरु सत्तापक्षमा नेताहरुलाई सामान्य बोलायर अनुसन्धानको दायरामा ल्याउने काम भएन्। सोधपुछ गर्ने काम भएन । सत्तापक्षको नेता भएपछि जति सुकै अपराध गरे पनि छुट हुने जस्तो ठुलो तस्करी गरे पनि छुट हुने । ’

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार  २ : ४६ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक