२०८२, ३० पुस बुधबार

तामाङ पर्यटन संजालको अध्यक्षमा सरिता तामाङ, महासचिवमा नरध्वज तामाङ ‘क्षितिज’

तामाङ पर्यटन संजालको अध्यक्षमा सरिता तामाङ, महासचिवमा नरध्वज तामाङ ‘क्षितिज’


काठमाडौं । पर्यटन क्षेत्रमा सक्रृय तामाङ समुदायका ब्यवसायी र पर्यटन पेशाकर्मीहरुको साझा संस्था तामाङ रिमठीम पर्यटन संजालको अध्यक्षमा सरिता तामाङ र महासचिवमा नरध्वज तामाङ ‘क्षितिज’ चुनिएका छन् । काठमाडौंमा आयोजित दोस्रो साधारणसभाले अध्यक्षमा तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारण सभाले दुई वर्षकालागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको नव निर्वाचित महासचिव नरध्वज तामाङ ‘क्षितिज’ले बताउनुभयो । महासचिव क्षितिजका अनुसार नयाँ कार्यसमितिको वारीष्ठ उपाध्यक्ष दोर्जे तामाङ र अर्का उपाध्यक्षमा ऋतु ग्यामदान निर्वाचित भएका छन् । महासचिवमा नरध्वज तामाङ ‘क्षितिज’, सचिवमा बिजय तामाङ, कोषाध्यक्षमा कुमार लामा र सहकोषाध्यक्षमा बिश्वराज तामाङ रहेका छन् । रबि लामा, हिमाल तामाङ, प्रकाश लामा, अमृत थोकर, शान्ती तामाङ, पुष्कर तामाङ, टीका ब। तामाङ, दावा तामाङ, प्रदिप कुमार तामाङ र पासाङ र धुन्दुप तामाङ सदस्यमा निर्वाचित भएका छन् ।

साधारण सभामा गोरखाका चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले नवनिर्वाचित समितिले स्थानीय सरकारसंग समन्वय गरी कार्ययोजना बनाउनु पर्ने बताउनु भयो । अध्यक्ष लामाले संस्थासंग सहकार्य गरी पर्यटन प्रवद्र्धनमा काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । टान, एन एम ए लगायत धेरै पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधीहरुको सहभागी रहेको थियो । साधारणसभा महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सभाले आठबुँदे कार्ययोजनासमेत पारित गरेको छ ।

दोस्रो साधारणसभाको अवसर पारेर विदेशी र नेपाली गरी ४ जनालाई संस्थाले सम्मान गरिएको थियो । । सम्मानित हुनेहरुमा साहसीक पर्यटन सन्डुक दोर्जी तामाङ, समाजसेवा डाक्टर दिल बहादुर थोकर, तामाङ कुदाप धिम र पुस्तक लेखन तथा अन्य बिबिध माध्यमबाट नेपालको पर्यटन प्रबर्द्धनमा बिशिष्ठ योगदान पुर्याउनुभएकोमा स्पेनका नागरिक Enric Alcayde Carbonell रहेका थिए ।

प्रकाशित मिति : २०८०, १० भाद्र आईतबार  ११ : ४१ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता