२०८३, १४ कार्तिक शनिबार

दलीय सहमति कुन समिति सभापति कसको भागमा ?रास्वपा असन्तुष्ट

दलीय सहमति कुन समिति सभापति कसको भागमा ?रास्वपा असन्तुष्ट

सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी



काठमाडौं । प्रतिनिधिसभा अन्तगतका दश विषयगत समिति सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ ।
प्रमुख राजनीतिक दलहरूले समितिका सभापतिहरूमा यसअघि नै भागबन्डा गरिसकेका छन् । प्रमुख दलहरुबीच भएको सहमति अनुसार संसदको ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका तीनसहित ४ र प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदमा रहेका ३ विषयगत समितिको नेतृत्व पाउने छन् ।
त्यस्तै, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीले एक÷एक समितिको नेतृत्व गर्ने सहमति गरेका छन् । जसअनुसार कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति, अर्थ समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिका लागि उम्मेदवारी दिनेछ ।
त्यस्तै, एमालेले सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समिति सभापतिका लागि उम्मेदवारी दिनेछ । माओवादी केन्द्रले कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको नेतृत्व गर्ने छ । एकीकृत समाजवादीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाएका छन् ।
सहमतिमा प्रमुख दलहरु कायमै रहे उनीहरूले आज सोही अनुसार उम्मेदवारी दिने छन् । भोलि दिउँसो ३ बजे सभापतिको निर्वाचन हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि समिति सभापतिमा दलहरुबीच सहमति भएपछि चुनाव हुन लागेको हो ।तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका अन्य साना दल प्रमुख दलबीच भएको सहमतिप्रति असन्तुष्ट छन् । उनीहरूले छुट्टै उम्मेदवारी दिने तयारी गरेका छन् ।

दश संसदीय समितिको सभापतिका लागि सोमबार निर्वाचन हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि सोमबार समितिहरूले नेतृत्व पाउने भएका हुन् ।

संसदीय समितिका सभापतिहरूको टुगाें लाग्न नसकेको भन्दै राजनीतिक दलहरू आलोचना भइरहेका बेला बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखले मातहतका विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि तोकेका हुन् ।

सोही अनुसार आज सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ । प्रमुख दलहरूले संसदीय समितिको सभापतिमा भागबन्डा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । 

प्रकाशित मिति : २०८०, १० भाद्र आईतबार  ९ : १८ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक