२०८३, १ आश्विन शुक्रबार

दलीय सहमति कुन समिति सभापति कसको भागमा ?रास्वपा असन्तुष्ट

दलीय सहमति कुन समिति सभापति कसको भागमा ?रास्वपा असन्तुष्ट

सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी



काठमाडौं । प्रतिनिधिसभा अन्तगतका दश विषयगत समिति सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ ।
प्रमुख राजनीतिक दलहरूले समितिका सभापतिहरूमा यसअघि नै भागबन्डा गरिसकेका छन् । प्रमुख दलहरुबीच भएको सहमति अनुसार संसदको ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका तीनसहित ४ र प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदमा रहेका ३ विषयगत समितिको नेतृत्व पाउने छन् ।
त्यस्तै, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीले एक÷एक समितिको नेतृत्व गर्ने सहमति गरेका छन् । जसअनुसार कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति, अर्थ समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिका लागि उम्मेदवारी दिनेछ ।
त्यस्तै, एमालेले सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समिति सभापतिका लागि उम्मेदवारी दिनेछ । माओवादी केन्द्रले कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको नेतृत्व गर्ने छ । एकीकृत समाजवादीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाएका छन् ।
सहमतिमा प्रमुख दलहरु कायमै रहे उनीहरूले आज सोही अनुसार उम्मेदवारी दिने छन् । भोलि दिउँसो ३ बजे सभापतिको निर्वाचन हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि समिति सभापतिमा दलहरुबीच सहमति भएपछि चुनाव हुन लागेको हो ।तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका अन्य साना दल प्रमुख दलबीच भएको सहमतिप्रति असन्तुष्ट छन् । उनीहरूले छुट्टै उम्मेदवारी दिने तयारी गरेका छन् ।

दश संसदीय समितिको सभापतिका लागि सोमबार निर्वाचन हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि सोमबार समितिहरूले नेतृत्व पाउने भएका हुन् ।

संसदीय समितिका सभापतिहरूको टुगाें लाग्न नसकेको भन्दै राजनीतिक दलहरू आलोचना भइरहेका बेला बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखले मातहतका विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि तोकेका हुन् ।

सोही अनुसार आज सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ । प्रमुख दलहरूले संसदीय समितिको सभापतिमा भागबन्डा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । 

प्रकाशित मिति : २०८०, १० भाद्र आईतबार  ९ : १८ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी