२०८२, ४ फाल्गुन सोमबार

देवी प्रसाद न्यौपाने जुझारु लडाकु थिए : सभापति देउवा

देवी प्रसाद न्यौपाने जुझारु लडाकु थिए : सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले, स्वर्गीय नेता देवी प्रसाद न्यौपानेसंग आफूले संगै जेल जीवन विताएको स्मरण गरेका छन् ।
काठमाडौंमा नेपाली कांग्रेसका नेता स्वर्गीय देवी प्रसाद न्यौपानेको सम्झनामा आयोजित दोलखा जिल्लाका अग्रज राजनीतिकर्मी एवं जनप्रतिनिधिलाई विशेष सम्मान समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले, स्वर्गीय न्यौपानेले पार्टीलाई आजको अवस्थामा ल्याउन ठुलो योगदान दिएको स्मरण गरे ।
‘नक्खु जेलमा संगसंगै बस्दाखेरी साहासी जुझारु, लडाकु कहिल्यै नथाक्ने मान्छेको रुपमा मैले उहाँलाई बुझेको थिए । जेलबाट छुटेपछि पनि हाम्रो भेट भइरहन्थ्यो ।’ उनले भने ।
न्यौपानेले राजनीतिमा देखाएको बाटोलाई सम्झेर काम गर्न सकेमात्रै उनीप्रति सच्चा श्रद्धान्जली हुने उनको भनाई छ ।
त्यस्तै उनले न्यौपानेको असामयीक निधन भएको भन्दै परिवारलाई समवेदना व्यक्त गरे ।

प्रकाशित मिति : २०८०, ९ भाद्र शनिबार  ४ : १६ बजे

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै