२०८३, २२ जेष्ठ शनिबार

चेल्सीलाई ३–० को सहज जीत

चेल्सीलाई ३–० को सहज जीत


काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न तेस्रो चरणको पहिलो खेलमा चेल्सीले लुटन टाउनलाई पराजित गरेको छ ।

रहीम स्टर्लिङको दुई गोल र निकोलस ज्याक्सनको एक गोलको मद्दतमा चेल्सीले ३–० को सहज जीत हासिल गरेको हो ।

सुरुवाती दुई खेलमा जित निकाल्न असफल चेल्सीले खेलको १७औ मिनेटमा स्टर्लिङ्गको उत्कृष्ट एकल गोलमार्फत अग्रता लिएको थियो । ६८औं मिनेटमा स्टर्लिङ्गले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । मालो गुस्टोको पासमा बललाई गोल पोस्टको दिशा देखाउँदै स्टर्लिङ्गले दोस्रो गोल गरेका थिए ।

७५औं मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए । इंग्लिस प्रिमियर लिगमा शनिबार तेस्रो चरणका थप ६ खेल हुँदैछन् ।

प्रकाशित मिति : २०८०, ९ भाद्र शनिबार  ११ : ५६ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति