२०८२, ५ कार्तिक मंगलबार

महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११ः४५मा

महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११ः४५मा


काठमाडौं । नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल खेलमा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह्र ११ः४५ मा मलेसियाको बायोमास ओभलमा नेपाल र हङकङबीच फाइनल खेलेका हुनेछ ।

नेपाल, मलेसिया र हङकङको समान ४ अंक थियो । तर नेटरनरेटको कारण अन्तिम खेलमा नेपाललाई ६ विकेटले हराएपनि मलेसिया फाइनलमा पुग्न सकेन । नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो । नेपालसँग पराजित भएपनि हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपालले सोमबार थाईल्यान्डसँग पनि अन्तिम अभ्यास खेल खेल्नेछ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा हुँदैछ ।

समूह ए मा नेपालसँगै युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछ ।

रुविना क्षेत्रीको कप्तानीमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल टिममा छन् । 

प्रकाशित मिति : २०८०, ९ भाद्र शनिबार  ११ : ४७ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,