२०८२, २६ पुस शनिबार

कमजोरी पत्ता लगाउँला भन्ने डरले निजामती ऐन पढ्न दिएनन् : अध्यक्ष राउत

कमजोरी पत्ता लगाउँला भन्ने डरले निजामती ऐन पढ्न दिएनन् : अध्यक्ष राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले शिक्षा ऐनका प्रावधानहरु बिना छलफल नै संसदमा लगिएको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वर्तमान शिक्षा नीति र अवको गन्तव्य विषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष राउतले ऐन बनाउँने बेला मन्त्रीलाई पनि थाहा नदिई र संसदमा बृहत छलफल समेत नगरी पारित गर्ने गरेको बताए  ।उनले भने,‘शिक्षा ऐनमा आएका जुन प्रावधानहरु छन् । म बाटपनि केहि आशा होला तर सांसदको काम नियम बनाउँने र ऐन पारित गर्ने होला भनिन्छ । तर ऐन लेख्ने एउटा कर्मचारी हुन्छ जुन मन्त्रीलाई पनि थाहा हुँदैन् संसदमा आईसक्या हुन्छ  त्यसरी पारित भएको हो । छलफल गरेर पारित गर्ने कार्य नै  हुँदैन् ।

’ उनले  निजामती ऐन पनि कमजोरी पत्ता लगाउँला भन्ने डरले पढ्न नदिएको भन्दै भने,‘निजामती ऐन पनि आउँदैछ  सचिवले पढ्न दिँदैन्, कमजोरी पत्ता लगाउँला भनेर सचिवले आफूलाई कसरी राम्रो हुन्छ त्यसरी बनाएको हुन्छ ।’ अध्यक्ष राउतले सबै विद्यार्थीलाई सैद्धान्तिक कुरामा भन्दा पनि व्यवहारिक कुरामा लाग्न आग्रह गरे  ।

प्रकाशित मिति : २०८०, ९ भाद्र शनिबार  ११ : ४१ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,