२०८२, ३० पुस बुधबार

सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुदैन : रवि लामिछाने

सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुदैन : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटि सेक्ने काम हुन लागेको आरोप लगाएका छन् । टोखा नगरपालिकामा शनिबार बिहान आयोजना गरिएको पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सामाजिक र जातिय सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन् ।

प्रमुख राजनीतिक दलहरू सुन,भ्रष्टाचार लगायतका काण्ड ढाकछोप गर्न लागि परेको आरोप लगाउँदै लामिछानेले जातिय, क्षेत्रिय तथा धार्मीक द्वन्द्वको भूमरिमा मुलुकलाई धकल्ने काम नगर्न आग्रह गरे । ‘आज जातिय सदभाव भड्काउन पाइयो भने भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम-थामथुम हुन्छ होला भनेर त्यतातिर आगो झोसिरहेका छन्,’ उनले भने,‘खवरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नु होला ।’

समाजिक सद्भाव कायम गर्न आफु पानी हाल्न तयार रहेको जनाउँदै उनले सबैलाई कानूनको पालना गर्न आग्रह गरे । ‘कानून विपरित कार्य हामी कसैले पनि गर्न हुदैन । त्यो भन्दापनि महत्वपूर्ण कुरा सद्भाव खल्वल्याउने कुरा,एक अर्काको विचमा बैमनस्यता खडा गर्ने कुरा र त्यसबाट राजनीतिको रोटी सेक्ने काम कसैले पनि गर्न हुँदैन् ।’

उनले समाजको सद्भाव खलबल्याउनेबाट सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिएका कुराको पछि लाग्न नहुने बताए । त्यस्तै उनले सबै मिलेर बेथितिको विरुद्ध लड्नुपर्नेमा जोड दिए । ‘हाम्रो दुस्मनि भनेको एक अर्काको होइन,एउटा जाति र अर्को जाति के यो नेपालीको दुश्मन हो? एउटा समुदाय अर्को समुदायको दुश्मन हो ? हाम्रो साझा दुश्मन गरिबी, अशिक्षा र बेरोजगार हो । हरेक एक नेपालीको साझा दुश्मन त्याही हो । हाम्रो लडाइँ त्यो दुश्मनसँग हो, एक अर्कासँग होइन ।’

प्रकाशित मिति : २०८०, ९ भाद्र शनिबार  ११ : ०५ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता