२०८२, १ पुस मंगलबार

कोशी प्रदेशमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछ : अध्यक्ष ओली

कोशी प्रदेशमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछ : अध्यक्ष ओली



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग ओलीले कोशी प्रदेशको अबको निकास के भन्ने प्रश्नमा एमालेले ५० भन्दा माथि सिट ल्याएर सरकार चलाउँछ भन्दै जवाफ दिएको छन् ।
उनले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेको सरकार बन्छ एमालेको सरकार बन्छ मजाले चलाउँछ एमालेको ४७ होईन ५० भन्दा माथि जान्छ ।’
अध्यक्ष ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारणले कोशीमा अस्थिरता आएको आरोप लगाए ।
उनले भने ‘ गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले यो अस्थिरता आएको हो, पक्षले नबनेको सरकार बनाए भन्ने, सभामुखलाई राजीनामा गरेर संकट खडा गर्न लगाउने, कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेर संविधान मिच्ने ? संविधानको घोर उल्लङघन हो यो ।’
अध्यक्ष ओलीले हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो कुरा नभएको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८०, ८ भाद्र शुक्रबार  ५ : १४ बजे

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको